एशेज सिरिजको लागि अस्ट्रेलियन टिमको घोषणा

२०७८ मंसिर १, बुधबार १५:४६

क्रिकेट अस्ट्रेलियाको छनोट समितिले एशेज सिरिज २०२१-२२ को सुरुवाती दुई खेलको लागि टिमको घोषणा गरेको छ। टिम पेनको कप्तानीमा घोषित १५ सदस्यीय टिम घोषणा गरिएको हो। टि-२० विश्वकप जितेको अस्ट्रेलिया र सेमीफाइनलबाट बाहिरएको इंग्ल्यान्ड क्रिकेट टिमसंगै अस्ट्रेलिया पुगीसकेको छ।

घोषित टिममा पछिल्लो समय लयमा रहेका उस्मान ख्वाजा तथा ट्राभिस हेडले पुनरागमन गरेका छन्। ३४ वर्षीय ख्वाजा २०१९ पछि अस्ट्रेलियन टिममा थिएनन्। ख्वाजा र हेडले टिमको मिडल अर्डर सम्हाल्नेछन् भने डेभिड वार्नरको ओपनिंग पार्टनरको रुपमा मार्कस ह्यारिस रहेका छन्। टिममा मिचेल स्वेप्सनलाई ब्याकअप स्पिनरको रुपमा समाबेश गरिएको छ भने फास्ट बलिंग अलराउण्डर क्यामरन ग्रिन टिममा छन्। टि-२० विश्वकप सेमीफाइनलको पाकिस्तान बिरुद्ध खेलका प्लेयर अफ द म्याच म्याथु वेड भने टिममा छैनन्।

घोषित अस्ट्रेलियन टेस्ट टिम : टिम पेन ( कप्तान ) , प्याट कमिन्स ( उपकप्तान ) , क्यामरन ग्रिन, जोश हेजल वुड, मार्कस ह्यारिस, ट्राभिस हेड, उस्मान ख्वाजा, मार्नस लाबूसेन, नाथन लायन, माइकल नेसेर, झाई रिचार्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मिचेल स्वेप्सन, डेभिड वार्नर

एशेज सिरिज डिसेम्बर ८ तारिख देखि सुरु हुँदैछ। द गाबा मैदानमा पहिलो टेस्ट हुनेछ। दोश्रो टेस्ट १६ डिसेम्बर अदेखी एडीलेड ओभलमा, तेश्रो टेस्ट मेलबर्न क्रिकेट ग्राउण्डमा २६ डिसेम्बर देखि, चौंथो टेस्ट मेलबर्नमै ५ जनवरी देखि तथा पाँचौ टेस्ट पर्थ स्टेडियममा १४ जनवरी देखि सुरु हुनेछ।

२०१९ मा इंग्ल्यान्डमा आयोजित एशेज सिरिज २-२ को बराबरीमा टुंगिएपछि अस्ट्रेयाले एशेज आफ्नो साथ राखेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy