T10 League : अबुधाबीको जितमा स्टरलिंग र गेलको विस्फोटक ब्याटिंग तथा डी लांगेको घातक बलिंग

क्रिस गेल र पल स्टरलिंगले विस्फोटक ब्याटिंग गर्दा युएईमा शुक्रबार सुरु भएको टि-टेन लिगमा टिम अबु धाबीले विजयी सुरुवात गरेको छ।

शेख जायद अबु धाबीमा सम्पन्न खेलमा टिम अबु धाबीले दिएको १४६ रनको लक्ष्य पछ्याएको बांग्ला टाइगर्सले १० ओभरमा ८ विकेट क्षेतीमा १०५ रन मात्र बनायो। टाइगर्सको लागि आन्द्रे फ्लेचरले ८ बलअ २४, हज्रतुल्लाह जजाईले ११ बलमा १८ रन बनाए। बेनी होवेल र इसुरु उडानाले समान १५ रन बनाए।

टिम अबुधाबीका दायाँ हाते पेसर मर्चान्ट डी लांगेले सर्वाधिक ५ विकेट लिए जुन क्रममा २ ओभरमा २३ रन खर्चिए। कप्तान लियाम लिभिंगस्टोन, जेमी ओभरटन र ड्यानि ब्रिग्सले समान एक विकेट लिए। डी लांगे प्रभिन ताम्बे पछि टि-१० फर्म्याटमा एकै इनिंग्समा ५ विकेट लिने दोश्रो बलर बनेका छन्।

टस हारेर ब्याटिंग गरेको टिम अबु धाबीले १० ओभरमा ४ विकेट क्षेतीमा १४५ रन बनाएको थियो। उसको लागि ओपनर पल स्टरलिंगले सर्वाधिक ५९ रन तथा क्रिस गेलले अविजित ४९ रन बनाए। स्टरलिंगले २३ बलमा ६ चौका र ५ छक्का तथा गेलले २३ बलमा २ चौका र ५ छक्का प्रहार गरे। लियाम लिभिंगस्टोनले १४ रन बनाए। स्टरलिंग र गेलले तेश्रो विकेटको लागि मात्र २४ बलमा ९७ रनको साझेदारी गरे।

बांग्ला टाइगर्सका बलर जेम्स फल्कनर, इसुरु उडाना र बेनी होवेलले समान एक विकेट लिए।

लिग अन्तर्गत शुक्रबारनै सम्पन्न अर्को खेलमा दिल्ली बुल्सले नर्दर्न वारियर्सलाई ६ विकेटले पराजित गर्यो। वारियर्सले दिएको १०८ रनको लक्ष्य बुल्सले ९ ओभरमा ४ विकेट गुमाएर भेटायो।

दिल्ली बुल्सको ब्याटिंगमा मोहम्मद हफिजले सर्वाधिक ३१ रन, रहमनुल्लाह गुर्बजले ३० रन तथा शर्फेन रुदरफोर्डले २९ रन योगदान दिए। हफिजले १८ बलमा ४ चौका र १ चक्का, गुर्बजले १० बलमा १ चौका र ४ छक्का तथा रुदरफोर्डले १५ बलमा १ चौका र ३ छक्का प्रहार गरे।

टस हारेर ब्याटिंग गरेको नर्दर्न वारियर्सले १० ओभरमा ४ विकेट क्षेती मा १०७ रन बनाएको थियो। उसको लागि कप्तान रोभम्यान पावेलले १९ बलमा ३ चौका र २ छक्का मद्दतले ३८ तथा मोईन अलिले २१ बलमा २ चौका र २ छक्का मद्दतले ३५ रन बनाए। बुल्सका बलर शिराज एहमद ( २-०-१६-१ ) ,रभी रामपौल ( २-०-१८-१ ) , रोमारियो सेफर्ड ( २-०-१९-१ ) र ड्वेन ब्राभोले ( २-०-२८-१ ) समान एक विकेट लिए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]