विश्वकप एसिया छनोट : आज नेपालको पहिलो खेल हंगकंगसंग

युएईमा सोमबार ( नोभेम्बर २२ ) देखि महिला टि-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता सुरु हुँदैछ।

सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रीकामा आयोजना हुने महिला विश्वकप टि-ट्वान्टी विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेल्न लागेको हो। प्रतियोगितामा नेपाल सहित आयोजक युएई, भुटान, हंगकंग, मलेसिया र कुवेत गरि ६ टोलि सहभागी छन्। सहभागी ६ टिमले एकअर्का संग एक/एक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृस्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।

प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा आज हंगकंगसंग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय बिहान ११:१५ बजे आईसीसी क्रिकेट एकेडेमी २ मैदानमा खेलिनेछ।

गत साता कतारसंग तिनवटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज खेलेको नेपाली महिला क्रिकेट टिमले त्यस अघि दुई वर्ष अघि मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो। कमजोर कतारलाई नेपालले तिन वटै खेलमा पराजित गर्न ठूलो कसरत गर्नु परेन। हंगकंग पनि २०१९ पछि पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ। टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा नेपाल १४ औं स्थानमा छ भने हंगकंग २५ औं स्थानमा छ।

नेपाल र हंगकंग महिला क्रिकेट टिमको इतिहास हेर्ने हो भने दुई टिम बीचको खेल प्रतिस्पर्धात्मक रहँदै आएको छ। पछिल्लो ५ भेटको ( सबै फर्म्याट ) कुरा गर्ने हो भने नेपाल ३ खेलमा तथा हंगकंग २ खेलमा विजयी भएको छ। तर पछिल्लो समय अन्तर्राष्ट्रिय नखेलेकाले हंगकंग महिला क्रिकेट टिमको स्तर आजको खेलनै कुर्नु पर्नेछ।

पछिल्लो पटक दुई टिम बीच थाइल्याण्डमा २०१९ फेब्रुअरीमा आयोजित टि-२० विश्वकप एसिया छनोटमा भेट भएको थियो। उक्त खेल नेपालले ४ विकेटले जित्ने क्रममा हंगकंगले दिएको ६३ रनको लक्ष्य १८.३ ओभरमा भेटाएको थियो। नेपालको जितमा नेरी थापाले ६ विकेट लिएकी थिईन् भने ब्याटिंगमा अप्सरी बेगमले २४ तथा सरिता मगरले १६ रन बनाएकी थिईन्। नेरी बाहेक अप्सरी र सरिता वर्तमान टिममा छन्।

खेल अघि नेपाल कप्तान रुबिना क्षेत्रीको भनाई : “छनोट खेल्न म निकै उत्साहित छु किनकि म र मेरो टिमको बिगत १५ वर्ष देखिको सपना विश्वकपमा छनोट हुनु हो। यो जीवनमा एकाध पटक आउने अवसर हो।”

खेल अघि हंगकंग कप्तान का यिंग चानको भनाई : “लामो समय पछि हामि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छौँ त्यसैले निकै उत्साहित छौँ। बिभिन्न फरक टिमहरुसंग खेल्न पाउनु राम्रो अवसर हो।”

नेपाली टिम : रुबिना क्षेत्री ( कप्तान ) , डली भट्ट, सिता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे ( विकेटकिपर ) , सरस्वति चौधरी, काजल श्रेष्ठ ( विकेटकिपर ), सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, संगीता राई , प्रशिक्षक : जगत टमाटा

प्रतियोगिताको खेल तालिका अनुसार नेपालले पहिलो खेल नोभेम्बर २२ तारिखमा हंगकंगसंग आईसीसी एकेडेमी मैदान ( २ ) मा खेल्नेछ। यस्तै दोश्रो खेल सोहि मैदानमा नोभेम्बर २३ तारिखमा भुटानसंग, तेश्रो खेल नोभेम्बर २५ तारिखमा कुवेतसंग आईसीसी एकेडेमी मैदान ( १ ) मा, चौंथो खेल मलेसियासंग सोहि मैदानमा नोभेम्बर २६ तारिखमा तथा पाँचौ खेल नोभेम्बर २८ तारिखमा आईसीसी एकेडेमी मैदान ( २ ) मा युएईसंग खेल्नेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]