प्रदेश-२ यु१९ छनाेट : सप्तरी र राैतहट फाईनलमा

चन्दनकुमार यादब, राजबिराज

राैतहटमा जारी प्रदेशस्तरिय यु१९ क्रिकेट छनाेट क्रिकेट प्रतियाेगितामा सप्तरी र राैतहट फाईनलमा प्रवेश गरेकाे छ ।

साेमवार सम्पन्न दुई वटा सेमिफाईनलमा सप्तरीले सिरहालाई ८ विकेटले पराजित गर्दै तथा राैतहटले पर्सालाई १४ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

साेमवार सम्पन्न सेमिफाईनलमा खेलमा सिरहाले टस जितेर निर्धारित ३५ ओभरकाे खेलमा ३३ ओभरमा १० विकेट गुमाई १ सय ३१ रनकाे याेगफल खडा गरेको थियो जसमा सुभमन घटराज ३६ रन, कमरूदिन २१ रन र कृष्णा गुप्ताले १७ रन जाेडेका थिए ।बलिँगतर्फ सप्तरीका नितेश यादब ३ बिकेट, अजय यादब र अभिषेक कार्कि २/२ तथा बिवेक यादब र पप्पु यादब १/१ बिकेट हात पारे ।

प्रतिउतरमा सप्तरी यु१९ टिमले १७ ओभर १ बल खेल्दै लक्ष्य प्राप्त गर्यो। टिमलाई जिताउन बिबेक यादबले उत्कृस्ट ब्याटिंग गरे। यादबले ३९ बल खेल्दै ७ छक्का र ३ चाैकाकाे मदतले ६४ रन अविजित रहदै टिमलाई जिताउन महत्वपुर्ण याेगदान गरे भने टिमका आशिष झाले पनि २२ रन अविजित रहदै प्रदर्शन गरे। यसैगरी टिमका अमित मण्डल १२ रन जाेडे। खेलकाे म्यान अफ दि म्याच बिबेक यादब घाेषित भए।

यसैगरी आजै सम्पन्न दोश्रो सेमिफाईनल खेलमा पर्सालाई १४ रनले पराजित गर्दै राैतहट फाईनल प्रवेश गरेकाे छ।

टस जितेर राैतहट यु १९ टिमले ३५ ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रनकाे याेगफल खडा गरेको थियो। जसमा टिमका लागि असचल चाैधरी ३३ रन, नितेश यादब २०, करण साह १५, रहेन जाकिर १४ शनि साह १२ र चन्दन ठाकुर १० रन जाेडे । यता बलिंगतर्फ पर्साका अलफाज मन्सुरी ३ बिकेट, समसाद मन्सुरी २ तथा ब्यास यादब र साेनु यादब ले समान्य १/१ बिकेट हात पारे। जवाफमा पर्सालेले ३१ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १ सय ३१ रनमै सिमित भयो।

खेलकाे म्यान अफ दि म्याच बिजय टिम का नितेश यादब घाेषित भए।

मंगलबार सप्तरी र रा‌ैतहट बिच फाईनल खेल हुने प्रदेश क्रिकेट संघका सचिव  आयुष श्रेष्ठले जानकारी दिएका छन।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]