हुसैनले ७ विकेट लिँदा गण्डकीको लज्जास्पद हार

यू-१९ पुरुष राष्ट्रिय प्रतियोगिता अन्तर्गत मुलपानीमा सम्पन्न पहिलो खेलमा लुम्बिनीले गण्डकीलाई हराउँदै विजयी सुरुवात गरेको छ । तीव्र गतिका बलर मोहम्मद हुसैन चम्किदा लुम्बिनीले गण्डकीलाई ९ विकेटले पराजित गरेको हो ।

माथिल्लो मुलपानी मैदानमा टस जितेर ब्याटिंग गर्न उत्रेको गण्डकीले १४.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर मात्र २३ रन बनाउँन सक्यो । गण्डकीलाई लज्जास्पद योगफलमा अल आउट पार्न हुसैनले ७ विकेट लिए । गण्डकीको ब्याटिंगमा युवा ओपनर अर्जुन कुमालले ६, विष्णु पाण्डेले ५, सचिनराज अधिकारीले २ तथा दिपक डुम्रेले १ रन बनाउँदा अन्य ७ खेलाडी भने खाता नखोल्दै आउट भएका थिए ।

लुम्बिनीको बलिंगमा हुसैनले ७ ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर ७ विकेट लिए । यस्तै, दुर्गेश गुप्ता र वासिर अहमदले समान १-१ विकेट लिए ।

२४ रनको सामन्य लक्ष्य पछ्याएको लुम्बिनीले ५.५ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । लुम्बिनीको ब्याटिंगमा कप्तान देव खनालले २० बलमा ४ चौकाको मद्धतमा सर्वाधिक १८ तथा विराट भण्डारीले ८ रन बनाए । लुम्बिनीले ओपनर आकाश त्रिपाठीलाई खाता नखोल्दै गुमाएको थियो ।

गण्डकीलाई एकमात्र सफलता कप्तान सुवास भण्डारीले दिलाएका थिए ।

प्रतियोगिता अन्तर्गत <strong>टियु मैदानमा जारि अर्को</strong> खेलमा प्रदेश १ र बागमती प्रदेश प्रतिस्पर्धा गरिरहेका छन् । उक्त खेलमा टस जितेर ब्याटिंग गरेको प्रदेश १ ले ४५.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १७५ रन बनाउँदै बागमतीलाई १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]