विश्वकप छनोट एसिया : नेपालको पहिलो जितमा सिताको अलराउण्ड प्रदर्शन

भुटानलाई सहजै ८ विकेटले पराजित गर्दै नेपालले युएईमा जारि आईसीसी महिला टि-ट्वान्टी विश्वकप एसिया छनोटमा पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा नेपाल हंगकंगसंग ६ विकेटले पराजित भएको थियो।

आईसीसी एकेडेमी २ मैदानमा सम्पन्न खेलमा भुटानले दिएको ६२ रनको लक्ष्य नेपालले ८.३ ओभरमा २ विकेट मात्र गुमाएर भेटायो। लक्ष्य पछ्याउने क्रममा सिता राना मगर र इन्दु बर्माले ३७ रनको ओपनिंग साझेदारी गरे। पाँचौ ओभरमा सिता १७ रन बनाएर आउट भएपछि इन्दु र रुबिना क्षेत्रीले १९ रन जोडे। नवौं ओभरमा रुबिना १० रन बनाएर आउट भईन्। त्यसपछि इन्दुले अविजित १८ तथा कविता जोशीले अविजित ८ रन बनाउदै नेपाललाई जितसम्म पुर्याए। स्कोरकार्ड 

यस अघि टस जितेर ब्याटिंग गरेको भुटानले २० ओभरमा ६ विकेट क्षेतीमा ६१ रन बनाएको थियो। भुटानको लागि ओपनर नगावांग छोडेनले १३ तथा सोनाम पाल्डोनले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पहिलो विकेटको लागि छोडेन र पाल्डोनले ३० रनको साझेदारी गरेका थिए। सातौँ ओभरमा पाल्डोनलाई सिता राना मगरले पेभेलियन फर्काएपछि भुटानले लगातार विकेट गुमाउन पुग्यो। फलस्वरुप ३०/० को अवास्थबाट भुटानले थप ३१ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

नेपालको बलिंगमा देब्रे हाते स्पिनर सिता राना मगरले ३ विकेट ( ४-०-१०-३ ) तथा करुना भण्डारीले १ विकेट ( ४-१-६-१ ) हात पारिन्। २ भुटानी ब्याटर रन आउट भए। नेपालले अतिरिक्तको रुपमा ११ रन खर्चियो।

नेपालले प्रतियोगिताको तेश्रो खेल कुवेतसंग नोभेम्बर २५ तारिखमा खेल्ने तालिका छ। खेल ११:१५ बजे बिहान सुरु हुनेछ।

सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रीकामा आयोजना हुने महिला विश्वकप टि-ट्वान्टी विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेलीरहेको हो। प्रतियोगितामा नेपाल सहित आयोजक युएई, भुटान, हंगकंग, मलेसिया र कुवेत गरि ६ टोलि सहभागी छन्। सहभागी ६ टिमले एकअर्का संग एक/एक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृस्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]