रौतहटलाई प्रदेश-२ यु-१९ छनोटको उपाधि, विवेक यादव कप्तानीमा टिमको घोषणा

७ मंसिर, रौतहट

रौतहटमा जारी प्रदेश २ स्तरीय वाई वाई यु १९ एकदिवसिय छनौट प्रतियोगिताको उपाधी रौतहटले सप्तरीलाई ४ विकेटले हराउदै चुमेको छ।

गौरको मिल्स मैदानमा मंगलबार सप्तरीले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित ३५ ओभरको खेलमा सप्तरीले २९ ओभर ५ बलमा सम्पुर्ण विकेट गुमार्ई १ सय ३४ रनमै समेटिएको थियो । सप्तरीका लागि अमित यादवले ४८ रन, अभिशेक कार्किले १७, मो. सकिमले नटआउट रहि ११, बिबेक यादव १२ तथा आशिष झा र नितेश यादवले सामान १० रनको योगदान दिएका थिए । बलिंगतर्फ रौतहटका नरेश साह र नितेश यादवले सामान ३ बिकेट लिएका थिए भने शन्नि साहले १ विकेट लिएका थिए ।

१ सय ३५ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको रौतहटले सजिलै २४ ओभर ३ बलमा ६ बिकेटको नोक्सानीमा भेटाएका थिए । रौतहटका लागि अस्चल चौधरीले ३४, राज पटेलले नटआउट रहि ३४, शन्नि साहले २१ तथा रेहान जाकिरले १६ रनको योगदान दिएका थिए । बलिंग तर्फ सप्तरीका पप्पु यादवले ३ तथा बिवेक यादव, अभिशेक कार्कि र मो. सकिमले सामान १ बिकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच रौतहटका नरेश साह भए

खेलको म्यान अफ द म्याच रौतहटका नरेश साह भएका थिए भने प्रतियोगिता भरि उत्कृष्ट प्रर्दशन गरे वापत म्यान अफ द सेरिज सप्तरीका बिवेक यादवलाई प्रदान गरिएको थियो । त्यसै गरि प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान पर्साका सन्तोष कार्कि तथा बेष्ट बौलर रौतहटका नितेश यादव भएका थिए ।

बिवेक यादवको कप्तानीमा प्रदेश २ को टोलि घोषणा

यसै बिच प्रदेश क्रिकेट संघले प्रदेश-२ को टोलिको जिम्मेवारी बिवेक यादवलाई दिदै टोलिको घोषणा गरेको छ । टोलिमा गुल्शन झालाई उपकप्तानको जिम्मेवारी दिइएको छ भने टोलिमा सन्तोष कार्कि, रोहन बिक, तिर्थराज दास, अमित यादव, आशिष झा, शन्नि साह, आदिल अंसारी, राजेश यादव, समसाद मंसुरी, प्रदिप पासवान, पुरज ढुंगेल र अजय यादव रहेका छन ।

यसै गरी ४ वैकल्पिक खेलाडीहरुमा अल्फाज मन्सुरी, अरुण मण्डल, ओमन गतराज र आस्चल चौधरी रहेका छन्। टोलिको प्रशिक्षकको जिम्मेवारी अनिल शर्मालाई दिइएको छ भने ब्यवस्थापकको जिम्मेवारी बिरेन्द्र यादवलाई दिई पठाइएको छ । प्रदेश २ को पहिलो खेल बिहिवार सुदर पश्चिम प्रदेश संग त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]