अन्सारीको विस्फोटक ब्याटिंग, प्रदेश-२ को अपत्यारिलो जित

आदील अन्सारीले विस्फोटक ब्याटिंग गर्दा एकदिवसीय यु-१९ राष्ट्रीय प्रतियोगिता अन्तर्गत कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको तेस्रो दिनको खेलमा प्रदेश-२ ले सुदुरपश्चिममाथि २ विकेटको अपत्यारिलो जित दर्ता गरेको छ ।

२९१ रनको विशाल लक्ष्य पछ्याएको प्रदेश-२ ले अन्तिम ओभरको पहिलो बलमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । प्रदेश-२ को जितमा आदील अन्सारीले विस्फोटक ८७ रनको अविजित पारि खेले । यस्तै, अमित यादवले ४९ तथा गुल्शन झाले ४६ रनको योगदान दिए ।

ओपनरद्वय सन्तोष कार्की र रोहन बिकले ४७ रनको आक्रामक ओपनिंग साझेदारी गरे । बिक आउट भएपछि सुदुरपश्चिमका बलरहरु खेलमा हावी हुँदा प्रदेश-२ ले ९२ रनको योगफलमा ५ विकेट गुमाउँन पुग्यो ।

त्यसपछि गुल्शन झा र अमित यादवले छैटौं विकेटका लागि ९३ रनको साझेदारी गर्दै प्रदेश-२ को इनिंग्स उकासे । लोकेश बमले ३६ औं ओभरमा गुल्शनलाई आउट गर्दै साझेदारी तोडे । लगत्तै ओभरमा अमित यादव पनि हेमन्त धामीको बलिंगमा आउट भएपछि प्रदेश-२ थप दबाबमा परेको थियो ।

त्यसपछि दबाबमा आदील अन्सारी र प्रदिप पासवानले नवौं विकेटका लागि ७८ रनको अविश्वसनीय साझेदारी गर्दै प्रदेश-२ लाई रोमान्चक जित दिलाए ।आदीलले ४३ बलमा ७ चौका र ६ छक्काको मद्धतमा ८७ रनको विस्फोटक अविजित पारि खेले । यस्तै, प्रदिप पावासवानले २५ बलमा अविजित ९ रन बनाएर उनको साथ दिए ।

सुदुरपश्चिमको बलिंगमा शेर मल्ल र नरेन्द्र साउदले समान ३ विकेट लिए । यस्तै, हेमन्त धामी र लोकेश बमको नाममा समान १ विकेट रह्यो ।

यसअघि टस हारेर ब्याटिंगको निम्तो पाएको सुदुरपश्चिमले ४१.४ ओभरमा सबै विकेट गुमाएर २९० रन बनाउँदै प्रदेश-२ लाई २९१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

सुदुरपश्चिमको लागि अर्जुन साउदले प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा सर्वाधिक ११६ रन बनाए जुन क्रममा उनले ८५ बलमा १४ चौका र ५ छक्का प्रहार गरे। यस्तै लोकेश बमले ७३ बलमा १३ चौका र १ छक्का मदतले ८१ रन बनाए। नरेश भट्टले ३०, बसन्त कार्कीले २७ तथा गजेन्द्र बोहराले १६ रन बनाए।

१९ रनमा २ विकेट गुमेको अवस्थामा अर्जुनले तेश्रो विकेटको लागि नरेशसंग ६३ रनको तथा त्यसपछि लोकेशसंग चौंथो विकेटको लागि १४२ रनको साझेदारी गरेका थिए। लोकेश र अर्जुन आउट भएपछि भने सुदुरपश्चिमले लगातार विकेट गुमायो। फलस्वरुप २६३/४ को अवस्थाबाट थप २७ रन जोड्दा उसले पुरै विकेट गुमाउन पुग्यो।

प्रदेश-२ का बलर प्रदिप पासवानले ३ विकेट ( ४.४-१-३१-३ ) लिए भने बिबेक यादव ( ७-०-५६-२ ) र अजय यादवले ( ६-०-४०-२ ) समान २ विकेट लिए। आदील अन्सारी ( ५-०-५३-१ ) , तृत राज दासले ( ४-०-३१-१ ) समान एक विकेट लिए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]