हुसेनको घातक बलिंग, लुम्बिनीले अन्त्य गर्यो प्रदेश-१ को जित यात्रा

मोहम्मद हुसेनले घातक बलिंग गर्दा यु-१९ राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश-२ लाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा तेश्रो जित दर्ता गरेको छ। चौंथो खेल खेल्दा प्रदेश-१ को यो पहिलो हार हो।

टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा सम्पन्न खेलमा प्रदेश-१ ले दिएको १०८ रनको सामान्य लक्ष्य लुम्बिनी प्रदेशले ४ विकेट क्षेतीमा २३.३ ओभरमा भेटायो।

लुम्बिनीको ब्याटिंगमा बिशाल बिक्रम केसीले सर्व्धिक २६ रन, देभ खनालले २५ रन, वसिर एहमदले अविजित २४, बिराट भण्डारीले १६ रन तथा आकाश त्रिपाठीले १३ रन बनाए। प्रदेश-१ का बलर दिपेश कंडेलले २ विकेट ( ८-०-२९-२ ) लिए भने गौरभ कटवाल र लभ कामतले समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको प्रदेश-१ ले ३७.२ ओभरमा १०६ रनमा सबै विकेट गुमाएको थियो। प्रदेश-१ को लागि गौरभ कटवालले १९, दिपक जोशीले १८ तथा राकेश शाहले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लुम्बिनी प्रदेशको बलिंगमा देब्रे हाते पेसर मोहम्मद हुसेनले १० ओभरमा १ मेडन ओभर गर्दै ३१ रन खर्चेर ५ विकेट लिए। यस्तै वासिर एहमदले ३ विकेट ( ८.२-४-९-३ ) तथा दुर्गेश गुप्ताले २ विकेट ( ७-१-२५-२ ) लिए।

जित पछि लुम्बिनी प्रदेश ५ खेलमा ४ जित र १ हार पछि ८ अंक सहित शिर्ष स्थानमा छ। दोश्रो स्थानमा रहेको प्रदेश-१ ले ४ खेलमा ३ जित र १ हार पछि ६ अंक बटुलेको छ।

सात वटा प्रदेशको टिम सहभागी प्रतियोगितामा सबै टिमले एकअर्का बिरुद्ध एक/एक खेल खेलेपछि अंक तालिकामा शिर्ष-२ टिम फाइनल प्रवेश गर्नेछ।





थप समाचार

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]