U19 National : अर्जुनको उत्कृस्ट पारि, सुदूरपश्चिमको दोश्रो जित

गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले यु-१९ राष्ट्रिय प्रतियोगितामा चौंथो खेल खेल्दा दोश्रो जित दर्ता गरेको छ। गण्डकी प्रदेशले पाँचौ खेल खेल्दा तेश्रो हार बेहोर्यो। सुदूरपश्चिम प्रदेश-२ र लुम्बिनीसंग २ विकेटको हार बेहोर्दा कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको थियो।

टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा गण्डकी प्रदेशले दिएको २१० रनको लक्ष्य सुदूरपश्चिमले ६ विकेट क्षेतीमा ४९.२ ओभरमा पुरा गर्यो।

सुदूरपश्चिमको ब्याटिंगमा अर्जुन साउदले सर्वाधिक ६८ रन बनाए जुन क्रममा उनले ७९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यस्तै राहुल भण्डारीले अविजित ४२ तथा कप्तान खडक बोहराले ४० रन बनाए। लोकेश बमले १५, नरेश भट्टले १३ तथा बसन्त कार्कीले ११ रन योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा ६४ रनमा ३ विकेट गुमाएको अवस्थामा पाँचौ नम्बरमा ब्याटिंग गरेका अर्जुन साउदले एक किनार सम्हालेर ब्याटिंग गरे। अर्जुनले चौंथो विकेटको लागि खडक बोहरासंग ५० रनको साझेदारी गरे। खडकलाई ३२ औं ओभरमा सुबास भण्डारीले विकेट पछाडी क्याच आउट पारे। त्यसपछि पनि अर्जुनले एक किनार सम्हाले। छैठौं विकेटको लागि अर्जुनले राहुल भण्डारीसंग ६५ रनको साझेदारी गरे। अर्जुनलाई ४८ औं ओभरमा सुदिप अर्यालले क्याच आउट गरे जसपछि राहुल भण्डारी र नारायण जोशीले जितसम्म पुर्याए।

गण्डकी प्रदेशको बलिंगमा सुबाश भण्डारीले सर्वाधिक ३ विकेट ( १०-३-२१-३ ) लिए। सुदिप अर्यालले २ विकेट ( ७-१-१७-२ ) लिंदा अर्जुन कुमालले एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको गण्डकी प्रदेश ४९ ओभरमा २०९ रनमा समेटिएको थियो। उसको लागि दिपक डुम्रेले सर्वाधिक ५६ रन बनाए जुन क्रममा ९९ बलमा ७ चौका प्रहार गरे। उत्सभ श्रेष्ठले ४०, सुबास भण्डारीले २८, कमल परियारले २०, सुजन गौतमले १७ तथा अर्जुन कुमालले १३ रन बनाए।

उत्सभले अर्जुन कुमालसंग ३३ रनको ओपनिंग तथा तेश्रो विकेटकको लागि दिपक डुम्रेसंग ५४ रनको साझेदारी गरे। २१ औं ओभरमा उत्सभको विकेटपछि दिपकले एक किनार सम्हालेर ब्याटिंग गरे। डुम्रेको विकेटपछि तल्लो क्रममा गण्डकीका ब्याट्सम्यानहरुले सानो सानो साझेदारी गर्दै योगफल २ सय पार गराए।

सुदूरपश्चिमका बलर कैलाश ऐरीले ३ विकेट ( ८-०-४३-३ ) लिए भने आकाश चन्द ( १०-१-३७-२ ) र गजेन्द्र बोहराले ( ९-२-३०-२ ) समान दुई विकेट लिए। नारयण जोशीले १ विकेट ( ९-३-२५-१ ) लिए।





थप समाचार

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]

सन्दीपलाई विश्वकपमा सहभागीताको बाटो खुल्यो

काठमाडौं । नेपाली टिमका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने आइसीसी […]

नेपालले दियो १८० रनको लक्ष्य

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा १ सय ८० रनको लक्ष्य […]