राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा पुबुदु फर्कने

Pubudu Dassanayake

नेपाली राष्ट्रिय क्रिकेट टिमको मूख्य प्रशिक्षकमा पुबुदु दासानायके फर्कने निश्चित भएको छ। यो वर्ष अगस्टमा डेभ व्हाटमोरले व्यक्तिगत कारण देखाउदै राजिनामा दिएपछि नेपालको मूख्य प्रशिक्षक पद खालिरहेको थियो।

नेपाल क्रिकेट संघले ( क्यान ) अधिकारिक घोषणा नगरीसके पनि दासानायकेलाई नियुक्त हुने निश्चित भैसकेको क्यान श्रोतले बताएको छ। अन्तिम पटक दासानायकेसंग छलफल गरेपछि शुक्रबारसम्म अधिकारिक रुपमा घोषणा हुनेछ।

क्यानले मूख्य प्रशिक्षक पदको लागि आवेदन दिएका ६० जना बाट घटाएर ५ जनाको गत साता बिहिबार अन्तर्वार्ता लिएको थियो। पुबुदु संगै क्यानले पूर्व ब्याटिंग कन्सल्टेन्ट रहीसकेका तथा वेस्टइन्डिजको ब्याटिंग प्रशिक्षक रहीसकेका भारतीय प्रशिक्षक मोन्टि देसाई, पूर्व श्रीलंकन क्रिकेटर तथा ओमानका कन्सल्टेन्ट प्रशिक्षक रुवान कल्पागे, पूर्व न्युजिल्यान्ड क्रिकेटर तथा पाकिस्तानका हाई पर्फर्मेन्स प्रशिक्षण प्रमुख रहीसकेका ग्रान्ट ब्राडबर्न तथा पूर्व श्रीलंकन क्रिकेटर तथा नाइजेरियाका मुख्य प्रशिक्षक रहीसकेका असंका गुरुसिन्हाको अन्तर्वार्ता लिएको थियो।

अन्तर्वार्ता लिएको मध्ये पुबुदु र मोन्टि देसाई अन्तिम छनोटमा परेका थिए। त्यस मध्ये मोन्टि देसाई पहिलो रोजाईमा रहेता भएता पनि उनले निकै बढी रकम माग गरेपछि क्यानसंग दासानायके बाहेक अर्को उत्कृस्ट बिकल्प थिएन। श्रोतका अनुसार पुबुदु मासिक करिब ७-८ हजार डलरमा नेपाल आउन तयार छन्। देसाईले त्यसको दोब्बर भन्दा बढी माग गरेका थिए। देसाईले त्यो भन्दा कम रकममा सहमति नजनाएका हुन्।

पछिल्लो समय नेपाली क्रिकेटमा क्यान र खेलाडी बीचको सम्बन्ध तितो देखिएको अवस्थामा पुबुदुको आगमनले पुनः टिम एकजुट भएर अघि बढ्ने विश्वास व्यक्त गरिएको छ। पुबुदुको अन्तिम कार्यकालमा उनलाई खेलाडीसंग मिलेर क्यानको बिरुद्ध माहोल बनाएको आरोप लागेको थियो। २०१४ टि-२० विश्वकप पछि क्यान र खेलाडीहरु बीचको सम्बन्ध बिग्रिएको थियो जसको पछाडी पुबुदुक पनि हात रहेको बताईन्छ। श्रोतका अनुसार पुबुदुले पुनः नेपालमा काम गर्न गहिरो इच्छा व्यक्त गरेका छन् र दोश्रो कार्यकालको लागि निकै उत्साहित छन्। बिगतमा क्यानसंग तितो सम्बन्ध रहेता पनि उनि सम्बन्ध सुधार गर्दै नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउन चाहेका छन्। नेपालको संरचना राम्रोसंग बुझेकाले उनलाई नेपालमा माहोल बनाउन पनि समय लाग्नेछैन।

दुई महिना अघि अक्टोबरमा सम्पन्न एभरेस्ट प्रिमियर लिगमा पुबुदु शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्सको प्रशिक्षकको रुपमा नेपाल आएका थिए। प्रतियोगिताको लिग चरणमा अपराजित भैरहवा क्वालीफायरमा पोखरा राइनोजसंग पराजित भएको थियो।

सन् २०११ मा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका पुबुदु दासानायेकेको प्रशिक्षण कालमा नेपालले २०१४ मा टि-ट्वान्टी विश्वकप खेलेको थियो। सन् २०११ मा क्यानडा क्रिकेट टिमलाई समेत उनले विश्वकप छनौट गराएका थिए। डिभिजन-४ मा रहेको नेपाली टिमलाई दासानायेकेले डिभिजन-२ हुँदै एकदिवसीय विश्वकप छनोट तथा विश्व क्रिकेट लिग च्याम्पियनसिप सम्म पुर्याएका थिए। नेपाल पछि अमेरिका क्रिकेट टिमको प्रशिक्षण गरेका उनले अमेरिकालाई एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्र बनाएका थिए। सन् २०१५ सम्म नेपालको प्रशिक्षक रहेका उनि आईसीसीको अनुरोधमा केहि समय नेपालको कन्सल्टेन्ट प्रशिक्षकको भूमिकामा समेत रहे। त्यसपछि २०१६ सेप्टेम्बर देखि २०१९ जुलाई सम्म अमेरिकाको प्रशिक्षक रहे। अमेरिकी क्रिकेटमा विवाद पछि उनले राजिनामा दिएका थिए।

५१ वर्षीय दासानायकेले श्रीलंका र क्यानडाको राष्ट्रिय क्रिकेट टिमको लागि समेत खेलेका थिए। विकेट किपर ब्याट्सम्यानले श्रीलंकाको लागि सन् १९९३ र १९९४ को बीचमा ११ टेस्ट तथा सोहि अवधिमा १६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए। त्यसपछि उनले क्यानडा राष्ट्रिय टिमको लागि २००५ आईसीसी ट्रफी खेलेका थिए। सन् २००७ मा उनि क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए र सन् २०११ एकदिवसीय विश्वकपमा क्यानडाको प्रशिक्षक रहेका थिए।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]