PM Cup Women’s : उपाधिको लागि एपीएफ र प्रदेश-१ बीच प्रतिस्पर्धा

धनगढीमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिताको फाइनलमा आज विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) र प्रदेश नम्बर-१ प्रतिस्पर्धा गर्दैछन्। फाप्ला क्रिकेट मैदानमा हुने खेल बिहान १० बजे सुरु हुनेछ।

प्रतियोगिताको विजेताले ५ लाख, द्वितीयले ३ लाख, ओमान अफ द सिरिजले २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओमनले १५ हजार प्राप्त गर्नेछन् ।

सेमीफाइनलमा प्रदेश-१ ले सुदूरपश्चिम प्रदेशलाई तथा एपीएफले लुम्बिनी प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेका थिए। दुवै टिमले प्रतियोगितामा खेलेको सबै ४ खेल जितेका छन्।

प्रतियोगिताको दाङमा सम्पन्न अघिल्लो संस्करणको फाइनलमा पनि एपीएफ र प्रदेश-१ ले प्रतिस्पर्धा गरेका थिए। उपाधि जित्ने क्रममा प्रदेश-१ ले एपीएफलाई ६ रनले पराजित गर्दै उपाधि जितेको थियो। एपीएफ बिरुद्ध सोहि जित दोहोर्याउने प्रयासमा प्रदेश-१ हुँदा एपीएफ आफ्नो वर्चस्व कायमै राख्न चाहन्छ। गत वर्ष बाहेक प्रधानमन्त्री कपको पांचवटै संस्करणको उपाधि एपीएफले जितेको छ।

प्रदेश-१ को लयमा रहेका खेलाडीहरु : प्रदेश-१ को ब्याटिंगमा अप्सरी बेगम, कप्तान रुबिना क्षेत्री र काजल श्रेष्ठ लयमा छन्। प्रतियोगितामा बनेका ४ मध्ये तन वटा अर्धशतक प्रदेश-१ को ब्याटरले बनाएका हुन्। प्रतियोगिताको सर्वाधिक रनकर्ता अप्सरीले ४ खेलमा २ अर्धशतक मद्दतले १६५ रन बनाएकी छिन् भने रुबिनाले ४ खेलमा १२३ रन बनाएकी छिन्। बलिंगमा अलिशा खडीया ४ खेलमा ९ विकेट लिंदै सर्वाधिक विकेटकर्ता हुन् भने रुबिना क्षेत्रीले कुल ५ विकेट लिएकी छिन्। सबनम राई, संगीता राई जस्ता बलरको उपस्थितिले प्रदेश-१ को बलिंग पनि सन्तुलित छ।

एपीएफको लयमा रहेका खेलाडीहरु :
एपीएफको ब्याटिंगमा रोमा थापा, ममता चौधरी, ज्योति पाण्डे, इन्दु बर्मा जस्ता लयमा छन्। रोमाले ४ खेलमा ९८, ममताले ९५, ज्योतिले ६८ तथा इन्दुले २ खेलमा ५४ रन बनाएकी छिन्। बलिंगतर्फ करुना भण्डारी ४ खेलमा ७ विकेट, रेखा रावल ५ विकेट, सुष्म श्रेष्ठ र सिता राना मगरले समान ४ विकेट लिएका छन्। ब्याटिंग र बलिंग दुवै पक्षमा एपीएफ सन्तुलित छ। अलराउण्डर सिता राना मगरले हालसम्म ब्याटिंग क्रमको माथि आएकी छैनन्। सेमीफाइनल खेल अघि खुट्टाको चोटको कारण घाइते इन्दु बर्मा फाइनल खेल्ने अनिश्चित छ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]