BIG BASH : लगातार तेश्रो खेलमा सन्दिप विकेटविहिन, यस्तै रह्यो बलिंग प्रदर्शन

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरिरहेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने लगातार तेश्रो खेलमा विकेटविहिन भएका छन्।

खेलमा टस जितेर ब्याटिंग गरेको एडीलेडले २० ओभरमा ५ विकेट क्षेतीमा १७५ रन बनाएको छ। एडीलेडको लागि म्याट रेन्सले सर्वाधिक ६३ तथा जेक वेदराल्डले ४१ रन बनाए। होबार्टको बलिंगमा राइली मेरेडीथले ३ तथा थोमस रोजर्स र नाथन इलिसले समान एक विकेट लिए।

होबार्टको घरेलु मैदानमा एडीलेड स्ट्राइकर्स बिरुद्ध नेपाली स्पिनरले ३ ओभर बलिंग गर्दा ३१ रन खर्चिए। स्पेलको पहिलो ओभरमा १४ रन खर्चेका उनले दोश्रो र तेश्रो ओभरमा राम्रो बलिंग गर्दै ८ र ९ रन खर्चिएता पनि विकेट भने प्राप्त गर्न सकेनन्। जारि लिगमा पहिलो पटक सन्दिपले पुरै ४ ओभर बलिंग गरेनन्। यस अघि पर्थ स्करचर्स र मेलबर्न स्टार्ससंग पनि सन्दिप विकेटविहिन भएका थिए।

सन्दिपको पहिलो ओभर : पावरप्लेको छैठौं ओभरमा बलिंग गर्न आएका सन्दिप पहिलो ओभरमा मनागो सावित भए। म्याट रेन्सले उनलाई ओभरको पहिलो दुई बलमा लगातार दुई चौका तथा जेक वेदराल्डले एउटा चौका प्रहार गरे। ओभर समरी ( ४ ४ १ ४ ० १ )

सन्दिपको दोश्रो ओभर : बाह्रौं ओभरमा बलिंगमा आएका सन्दिपको पहिलो बलमा रेन्सले चौका प्रहार गरे। त्यसपछि सन्दिपले कसिलो बलिंग गरे। चौथो बलमा वेदराल्डको सटमा टप एज लागेता पनि डिप स्क्वायर लीग फिल्डर भन्दा थोरै अगाडी खसे पछि सन्दिप विकेट लिन चुके। ओभरमा सन्दिपले ८ रन खर्चिए। ओभर समरी ( ४ ० १ १ १ १ )

सन्दिपको तेश्रो ओभर : डेथ ओभरमा सत्रौं ओभर बलिंग गरेका सन्दिपले ओभरमा ९ रन खर्चिए। चौंथो बलमा जोनाथन वेल्सले कट गर्दै चौका प्रहार गरे भने अन्य बलमा सन्दिपले कसिलो बलिंग गरे। ओभर समरी ( ० १ २ ४ १ १ )

लिगमा हालसम्म ६ खेल खेलेका सन्दिपले मात्र दुई विकेट लिन सकेका छन् भने प्रति ओभर ७.९१ रन खर्चेका छन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]