दक्षिण अफ्रीका वानडे सिरिजमा भारतको कप्तानी राहुलले गर्ने, १८ सदस्यीय टिमको घोषणा

२०७८ पुष १६, शुक्रबार २२:३४

भारतको दक्षिण अफ्रीका भ्रमण अन्तर्गत जनवरी १९ तारिख देखि सुरु हुने तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिजमा भारतीय टिमको कप्तानी केएल राहुलले गर्ने भएका छन्।

नवनियुक्त कप्तान रोहित शर्मालाई कप्तान नियुक्त गरिएता पनि उनि घाइते भएका कारण प्रतियोगिताबाटै बाहिर भएपछि उपकप्तान राहुलले ठूलो जिम्मेवारी पाएका हुन्। राहुललाई भारतीय क्रिकेट बोर्डले भविष्यको स्थायी कप्तानको रुपमा हेरीरहेको छ।

भारतले एकदिवसीय सिरिजको लागि शुक्रबार १८ सदस्यीय टिमको घोषणा गरेको छ। टिमको उपकप्तानको जिम्मेवारी पेसर जस्प्रित बुम्राहले पाएका छन्।

अन्तिम पटक सन् २०१७ मा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका भेटरान अफ स्पिनर रभीचन्द्रन आश्विनलाई टिममा फिर्ता बोलाइएको छ। आश्विनले टि-२० टिममा पनि यो वर्ष पुनरागमन गर्दै टि-२० विश्वकप खेलेका थिए।

घोषित टिममा भर्खरै सम्पन्न विजय हजारे ट्रफीमा प्रभावशाली प्रदर्शन गरेका रुतुराज गायकवाड, भेंकटेस ऐयरलाई मौका दिईएको छ। घाइते भएका कारण टि-ट्वान्टी विश्वकप गुमाएका वासिंगटन सुन्दर टिममा फर्केका छन्। यस्तै न्युजिल्यान्ड बिरुद्ध टेस्ट डेब्युमा उत्कृस्ट प्रदर्शन गरेका श्रेयस ऐयर पनि टिममा छन्।

भारतीय एकदिवसीय अन्तर्राष्ट्रिय टिम : केएल राहुल ( कप्तान ) , शिखर धवन, रुतुराज गायकवाड, बिराट कोहली, सुर्यकुमार यादव, श्रेयस ऐयर, भेंकटेस ऐयर, रिशभ पन्त ( विकेटकिपर ) , इशान किशन ( विकेटकिपर ) , युजभेन्द्र चाहल, रभीचन्द्रन आश्विन, वासिंगटन सुन्दर, जस्प्रित बुम्राह ( उपकप्तान ) , भुवनेश्वर कुमार दिपक चाहर, प्रसिध कृष्णा, शार्दुल ठाकुर, मोहम्मद सिराज

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy