BBL : सन्दिपको उत्कृस्ट लय कायमै, ब्रिसबेन बिरुद्ध लिए दुई विकेट

अस्ट्रेलियामा जारि बिग ब्यास लिग खेलीरहेका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले होबार्ट हरिकेन्सको प्रतिनिधित्व गर्दै सिजनमा दशौँ खेल खेल्ने क्रममा ब्रिसबेन हिट्स बिरुद्ध आफ्नो उत्कृस्ट लय कायमै राखेका छन्।

लगातार तिन खेलमा विकेट विहिन रहे पछि पछिल्लो ४ खेलमा लयमा फर्केका सन्दिपले ब्रिसबेन बिरुद्ध ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका हुन्। लिगमा पहिलो ६ खेलमा मात्र दुई विकेट लिएका सन्दिपले पछिल्लो ४ खेलमा ८ विकेट लिएका छन्।

सन्दिपको पहिलो ओभर : छैठौं ओभरमा बलिङ्ग सुरुवात गरेका सन्दिपलाई पहिलो बलमै लचलान फेफरले पुल गर्दै डिप-मिड विकेटमा छक्का प्रहार गरे। अत्य्सपछि पुनरागमन गरेका सन्दिपले चौंथो बलमा जेक लेहम्यानलाई एलबिडब्लु पारे। सन्दिपले माथि दिएको बललाई रिभर्स स्विप गरेका लेहम्यानले बल छुन सकेनन् र एलबिडब्लु धरापमा परे। ओभरमा उनले ८ रन खर्चिए। ओभर समरी ( ६ १ ० विकेट ० १ )

सन्दिपको दोश्रो ओभर : नवौं ओभरमा दोश्रो ओभर बलिंग गरेका सन्दिपले निकै कसिलो बलिंग गरे। ओभरमा उनले मात्र २ रन खर्चिए। टम कुपरले सन्दिपको ४ बलमा ३ बलमा रन बनाउन सकेनन्। ओभर समरी ( १ ० १ ० ० ० )

सन्दिपको तेश्रो ओभर :
तेह्रौं ओभरमा तेश्रो ओभर बलिंग गरेका सन्दिपले पहिलो ४ बलमा २ रन मात्र खर्चिए। पाँचौ बलमा ज्याक वुडले उनलाई लंगअनमा छक्का प्रहार गरे। तर लगत्तै बलमा सन्दिपले पुनरागमन गरे। सन्दिपको गुग्लीलाई कट गरेका वुडको ब्याटको किनारा लाग्दा विकेटकिपर म्याकडरमोटले समात्न गल्ति गरेनन्। ओभरमा ८ रन खर्चेर सन्दिपले एक विकेट लिए। ओभर समरी ( १ १ ० ० ६ विकेट )

सन्दिपको चौंथो ओभर :
पन्ध्रौँ ओभरमा बलिंग गरेका सन्दिपले निकै कसिलो बलिंग गर्ने क्रममा मात्र ५ रन खर्चिए जुन क्रममा दुई वटा डट बल गरे। ओभर सकिएपछि कमेन्टेटरले सन्दिपले निकै राम्रो बलिंग गरेको भन्दै तारिफ गरे। ओभर समरी ( १ ० १ १ ० २ )

जारि लिगमा १० खेल खेल्दा सन्दिपले विकेट संख्या १० पुर्याएका छन्। सन्दिपले अघिल्लो खेलमा एडीलेड स्ट्राइकर्स बिरुद्ध २२ रन खर्चेर २ विकेट लिएका थिए। यस्तै उनले मेलबर्न रेनेगेड्स बिरुद्ध ३ विकेट लिएका थिए भने सिड्नी सिक्सर्स, पर्थ स्करचर्स र ब्रिसबेन हिट्स बिरुद्ध एक/एक विकेट लिएका थिए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]