प्रधानमन्त्री कप : जब १० खेलाडीमै सिमित बन्यो आर्मी, जान्नुस के भएको हो

Sonu Tamang

प्रधानमन्त्री कप टि-२० राष्ट्रिय प्रतियोगिता अन्तर्गत विभागीय टोलि त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश बीचको खेलमा घटेको घटना आज चर्चाको विषय बन्यो।

कर्णाली प्रदेश बिरुद्ध खेलमा आर्मी क्लबले पहिले ब्याटिंग गर्दा प्लेयिंग-११ मा नाम भएका खेलाडी सोनु तामांगले मैदान प्रवेश गर्न पाएनन्। आर्मीले टस हारेर ब्याटिंग गर्दा लगातार विकेट गुमाएता पनि ब्याट्सम्यानको रुपमा टिममा रहेका तामांग ९ विकेट जाँदा पनि मैदान प्रवेश गरेनन्। उनि मैदान प्रवेश नगर्दा खेलका कमेन्टेटरले समेत आश्चर्य प्रकट गरे। तर नवौं विकेट गुमेपछि आर्मीको अन्तिम ब्याटिंग जोडी शाहब आलम र जितेन्द्र मुखिया मैदानबाट बाहिरिन पुग्दा सोनु किन आएनन् भन्ने प्रश्न जाग्नु स्वाभाविकै थियो। आर्मीले १९.१ ओभरमा ११६ रन बनाउदा ९ विकेट गुमाएर इनिंग्स समाप्त गर्न पुग्यो। सोनु ब्याटिंग गर्न प्रवेशनै नगरेपछि स्कोरकार्डमा उनलाई अनुपस्थित रहेको ( एब्सेन्ट हर्ट ) लेखियो।

के भएको हो ?

करन केसी, राजु रिजाल, लोकेश बमले आर्मी क्लब छाडेर अन्य टिम रोजेपछि त्रिभुवन आर्मी क्लबलाई अन्तिम १४ टिम घोषणा गर्न समस्या थियो। त्यस माथि भिम शार्की राष्ट्रिय टिमको बन्द प्रशिक्षणको क्रममा औलाको चोटका कारण प्रधानमन्त्री कपनै खेल्न नसक्ने भए। आर्मीले आइतबार राति १० बजे मात्र आफ्नो १४ सदस्यीय टिमको घोषणा गर्यो। आर्मीले टिममा बागमती प्रदेशको प्रतिनिधित्व गर्ने सोनु तामांग सहित तुल बहादुर थापालाई समाबेश गर्दै टिमको घोषणा गर्यो।

आर्मीले कर्णाली प्रदेश बिरुद्ध अन्तिम एघारमा सोनु तामांगलाई समाबेश गर्दै टसको क्रममा प्लेयिंग लिस्ट म्याच रेफ्रीलाई बुझायो। खेल सुरु भएको ५ ओभरमा आर्मी कप्तान बिनोद भण्डारीले सोनुको स्थानमा अर्को खेलाडी खेलाउन अनुरोध गरे। तर खेल सुरु भैसकेकाले त्यो सम्भव भएन। खेल सुरु भएपछि सोनुले उनले प्रतिनिधित्व गर्ने काठमाडौँ जिल्ला क्रिकेट संघबाट रिलिज लेटर ( फुकुवा पत्र ) नलिएको थाहा भयो। आर्मीको जर्सीमा सजिएता पनि सोनु मैदान प्रवेश गरेनन्।

सोनुले यसै साता बागमती प्रादेशिक छनोटमा काठमाडौँ जिल्लाको प्रतिनिधित्व गरेका थिए र प्रदेश छाडेर अर्को टिममा खेल्न जिल्लाको अनुमति अत्यावश्यक छ। सोनु खेल्दा सोनु आफै र आर्मीलाई समेत समस्या पर्ने पक्का थियो जसपछि सोनु बिना १० खेलाडी लिएर आर्मीले खेल खेल्यो। ब्याटिंगमा मात्र हैन फिल्डिंग गर्दा समेत आर्मीले बैकल्पिक खेलाडी खेलाउन पाएन। यदी खेलाडी घाइते भएको भए त्यो परिस्थितिमा अर्को खेलाडीले फिल्डिंग गर्न पाउने परिस्थिति बन्थ्यो। तर उनि मैदान प्रवेश नगर्नुको कारण स्पस्ट नहुँदा आर्मी १० खेलाडीमा सिमित बन्यो। १० खेलाडीमा सिमित भएता पनि आर्मीले कर्णाली प्रदेशलाई सहजै ६३ रनले पराजित गर्यो।

अब सोनुले काठमाडौँ जिल्ला क्रिकेट संघबाट रिलिज लेटर पाएपछि मात्र आर्मीको लागि खेल्न पाउनेछन्। यो विषयमा हामीले सोनु तामांगसंग सम्पर्क गर्न खोज्दा उनिसंग सम्पर्क स्थापित हुन भने सकेन। सोनु अर्को खेल खेल्नेछन् या छैनन् मंगलबार थाहा हुनेछ। मंगलबार टियु मैदान कीर्तिपुरमा आर्मी र पुलिस क्लब बिहान ९ बजे प्रतिस्पर्धा गर्दैछन्।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]