जितको दिशामा दक्षिण अफ्रीका

दक्षिण अफ्रीका र भारत बीच जारि तेश्रो टेस्टको तेश्रो दिन समाप्तिमा घरेलु टिम दक्षिण अफ्रीका बलियो स्थितिमा पुगेको छ।

भारतले दिएको २१२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले दिनको समाप्तिमा २९.२ ओभर ब्याटिंग गर्दै २ विकेट क्षेतीमा १०१ रन बनाएको छ। जितको लागि दक्षिण अफ्रीकालाई १११ रन आवस्यक छ।

क्रिजमा किगान पिटरसन ४८ रन बनाएर अविजित छन् जसले ६१ बलमा ७ चौका प्रहार गरेका छन्। ओपनर एडेन मारक्रम १६ रन बनाएर मोहम्मद शामीबाट तथा ३० रन बनाएका कप्तान डीन एल्गर जस्प्रित बुम्राहबाट क्याच आउट भए। एल्गर र पिटरसनले दोश्रो विकेटको लागि ७८ रनको साझेदारी गरे।

यस अघि भारतले दोश्रो इनिंग्समा १९८ रन मात्र बनाउन सक्यो। उसको लागि विकेटकिपर ब्याट्सम्यान रिशभ पन्तले १०० रन बनाए जुन क्रममा १३९ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। पन्तको शतक एसिया बाहिर भारतीय ब्याट्सम्यानले बनाएको मात्र पाँचौ शतक हो। त्यसमध्ये पनि तिन वटा शतक पन्तलेनै बनाएका थिए। पन्त बाहेक बिराट कोहलीले २९ तथा केएल राहुलले १० रन योगदान दिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। पन्त र कोहलीले पाँचौ विकेटको लागि ९४ रनको साझेदारी गरेका थिए।

दक्षिण अफ्रिकी बलर मारको जानसेनले ४ तथा कागीसो रबाडा र लुंगी एनगीडीले समान ३ विकेट लिए।

टेस्टको पहिलो इनिंग्समा भारतले २२३ रन बनाएको थियो भने दक्षिण अफ्रीकाले २१० रन बनाएपछि भारतले १३ रनको अग्रता पाएको थियो।

सिरिज अन्तर्गत पहिलो टेस्ट भारतले ११३ रनले तथा दोश्रो टेस्ट दक्षिण अफ्रीकाले ७ विकेटले जितेको थियो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]