भारतीय टेस्ट कप्तानबाट कोहलीको राजिनामा

भारतीय क्रिकेटर बिराट कोहलीले भारतको टेस्ट क्रिकेटको कप्तानी तुरन्त लागु हुने गरि छाड्ने घोषणा गरेका छन्।

सन् २०१४ मा पहिलो पटक अस्ट्रेलिया बिरुद्ध भारतको टेस्ट कप्तानी गरेका कोहलीले दक्षिण अफ्रीकासंग भर्खरै सम्पन्न सिरिजमा २-१ को हार पछि कप्तानी छाड्ने निर्णय गरेका हुन्।

ट्वीटरमा बिज्ञप्ति जारि गर्दै कोहली ले लेखेका छन् – “टिमलाई सहि दिशामा लैजानको लागि ७ वर्षको अथक मेहनतबाट अलग हुने समय आएको छ। सबै कुराको कुनै स्तरमा अन्त्य हुनु पर्छ र मेरो लागि भारतको टेस्ट कप्तानको रुपमा अहिले भएको छ।”

“यात्रामा धेरै उतारचढाव पनि आएका छन् तर प्रयास र विश्वासमा कमि थिएन। मैले सधैं आफ्नो काममा १२० प्रतिशत दिनमा विश्वास गरेको छु र यदी म त्यस्तो गर्न सक्दिन भने मलाई थाहा छ कि यो सहि छैन। मेरो दिलमा पूर्ण स्पष्टता छ र म आफ्नो टिम प्रति बेइमानी गर्न सक्दिन।”

“म बिसीसीआईलाई यति लामो समयसम्म आफ्नो देशको नेतृत्व गर्ने मौका दिएकोमा धन्यवाद दिन्छु र त्यो भन्दा पनि महत्वपूर्ण कुरा टिमका सबै साथीहरु जो पहिलो दिनबाट मेरो साथ थिए र कुनै पनि परिस्थितिमा हार मानेनन्। तपाईहरुले यो यात्रालाई याददार र सुन्दर बनाउनु भएको छ। रवी भाई र समुह यो वहानमा इन्जिन थिए जसले टेस्ट क्रिकेटलाई माथि लिएर आए, तपाई सबैले मेरो जीवनमा यो दृस्टी ल्याउनमा ठूलो भूमिका निभाउनु भएको छ।”

“अन्तिममा महेन्द्रसिंह धोनीलाई धन्यवाद जसले मलाई एउटा कप्तानको रुपमा ममा विश्वास गर्दै मलाई भारतीय क्रिकेट अघि लैजान सक्षम व्यक्तिको रुपमा पाए” कोहलीले बिज्ञप्तिमा लेखेका छन्।

कोहलीले टि-२० विश्वकप पछि भारतीय टि-२० टिमको कप्तानी छाडेपछि उनलाई बिसीसीआईले भारतीय एकदिवसीय टिमको कप्तानबाट पनि हटाएको थियो।

कोहलीले भारतको लागि ६१ टेस्टमा कप्तानी गर्ने क्रममा भारतले ४० टेस्टमा जित १७ टेस्टमा हार बेहोर्द ११ खेल बराबरीमा टुंगियो। उनि सर्वाधिक टेस्टमा कप्तानी गर्ने भारतीय खेलाडी समेत हुन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]