भारतीय टेस्ट कप्तानबाट कोहलीको राजिनामा

२०७८ माघ १, शनिबार १९:३६

भारतीय क्रिकेटर बिराट कोहलीले भारतको टेस्ट क्रिकेटको कप्तानी तुरन्त लागु हुने गरि छाड्ने घोषणा गरेका छन्।

सन् २०१४ मा पहिलो पटक अस्ट्रेलिया बिरुद्ध भारतको टेस्ट कप्तानी गरेका कोहलीले दक्षिण अफ्रीकासंग भर्खरै सम्पन्न सिरिजमा २-१ को हार पछि कप्तानी छाड्ने निर्णय गरेका हुन्।

ट्वीटरमा बिज्ञप्ति जारि गर्दै कोहली ले लेखेका छन् – “टिमलाई सहि दिशामा लैजानको लागि ७ वर्षको अथक मेहनतबाट अलग हुने समय आएको छ। सबै कुराको कुनै स्तरमा अन्त्य हुनु पर्छ र मेरो लागि भारतको टेस्ट कप्तानको रुपमा अहिले भएको छ।”

“यात्रामा धेरै उतारचढाव पनि आएका छन् तर प्रयास र विश्वासमा कमि थिएन। मैले सधैं आफ्नो काममा १२० प्रतिशत दिनमा विश्वास गरेको छु र यदी म त्यस्तो गर्न सक्दिन भने मलाई थाहा छ कि यो सहि छैन। मेरो दिलमा पूर्ण स्पष्टता छ र म आफ्नो टिम प्रति बेइमानी गर्न सक्दिन।”

“म बिसीसीआईलाई यति लामो समयसम्म आफ्नो देशको नेतृत्व गर्ने मौका दिएकोमा धन्यवाद दिन्छु र त्यो भन्दा पनि महत्वपूर्ण कुरा टिमका सबै साथीहरु जो पहिलो दिनबाट मेरो साथ थिए र कुनै पनि परिस्थितिमा हार मानेनन्। तपाईहरुले यो यात्रालाई याददार र सुन्दर बनाउनु भएको छ। रवी भाई र समुह यो वहानमा इन्जिन थिए जसले टेस्ट क्रिकेटलाई माथि लिएर आए, तपाई सबैले मेरो जीवनमा यो दृस्टी ल्याउनमा ठूलो भूमिका निभाउनु भएको छ।”

“अन्तिममा महेन्द्रसिंह धोनीलाई धन्यवाद जसले मलाई एउटा कप्तानको रुपमा ममा विश्वास गर्दै मलाई भारतीय क्रिकेट अघि लैजान सक्षम व्यक्तिको रुपमा पाए” कोहलीले बिज्ञप्तिमा लेखेका छन्।

कोहलीले टि-२० विश्वकप पछि भारतीय टि-२० टिमको कप्तानी छाडेपछि उनलाई बिसीसीआईले भारतीय एकदिवसीय टिमको कप्तानबाट पनि हटाएको थियो।

कोहलीले भारतको लागि ६१ टेस्टमा कप्तानी गर्ने क्रममा भारतले ४० टेस्टमा जित १७ टेस्टमा हार बेहोर्द ११ खेल बराबरीमा टुंगियो। उनि सर्वाधिक टेस्टमा कप्तानी गर्ने भारतीय खेलाडी समेत हुन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy