राजुको अर्धशतकमा सुदूरपश्चिम विजयी, सेमिफाइनल समिकरण पुरा

ओपनर राजु रिजालले अर्धशतकी पारि खेल्दा जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमले प्रदेश १ माथि ७ विकेटको जित निकालेको छ । प्रदेश १ को हारसँगै ग्रुप ए बाट दुई विभागी टोलि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् भने ग्रुप बि बाट नेपाल एपीएफ क्लब र बागमती प्रदेशले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् ।

यसअघि सुदूरपश्चिमले नेपाल पुलिस क्लबसँग २ रन तथा त्रिभुवन आर्मी क्लबसँग ३ विकेटको हार बेहोरेको थियो भने कर्णाली प्रदेशमाथि ४७ रनको जित निकालेको थियो । यस्तै, प्रदेश १ ले भने कर्णालीसँग ३१ रनले पराजित भएको थियो भने त्रिभुवन आर्मी क्लबसँग अंक बाढेको थियो।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा १५९ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले ५ बल बाँकी रहदै ३ विकेट गुमाएर पुरा गर्यो । उसका लागि ओपनर राजु रिजालले ५२ बलमा ९ चौका र २ छक्काको मद्धतमा ६८ रन बनाए । यस्तै, अर्का ओपनर सन्तोष भट्टले ४८ तथा अर्जुन साउदले अविजित २६ रनको योगदान दिए ।

ओपनरद्वय राजु रिजाल र सन्तोष भट्टले पहिलो विकेटको लागि ९८ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई उत्कृष्ट सुरुवात दिलाए । कप्तान भट्टलाई मुकुन्द यादवले १३ औं ओभरमा फिर्दोस अन्सारीबाट क्याच आउट गराएपछि रिजालले दोस्रो विकेटका लागि खडक बोहोरासँग २६ रनको साझेदारी गरे । बोहोरालाई ८ रनमा फिर्दोस अन्सारीले आउट पारे । १७ औं ओभरमा अर्धशतक बनाएका राजु रिजाललाई कमल खत्रीले एलबीडब्ल्यु धरापमा पारे । त्यसपछि अर्जुन साउद र नारायण जोशीले अविजित ३२ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई जितसम्म डोर्याए ।

प्रदेश १ को बलिंगतर्फ कमल खत्री, मुकुन्द यादव र फिर्दोस अन्सारीले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिंग रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५८ रन बनाएको थियो । उसका लागि मुकुन्द यादवले २७ बलमा सर्वाधिक ३४ तथा सोनु अन्सारीले २६ बलमा ३१ रनको योगदान दिए । यस्तै, मिनास थापा र कप्तान अंकित सुवेदीले समान २३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

ओनरद्वय अंकित सुवेदी र मिनास थापाले पहिलो विकेटको लागि ३० रनको साझेदारी गरे । कप्तान सुवेदीले हेमन्त धामीको पहिलो ओभरमा २ चौका प्रहार गर्दै १० रन तथा कैलाश ऐयरको दोस्रो ओभरमा २ चौका र १ छक्कासहित २३ रन बटुल्दै प्रदेश १ लाई आक्रामक सुरुवात दिलाएका थिए । सुवेदीलाई दोस्रो ओभरमा ऐयरले सन्तोष भट्टबाट क्याच आउट गराए ।

त्यसपछि बिबेक आनन्द मेहताले अर्का ओपनर मिनास थापासँग २६ तथा सोनु अन्सारीसँग तेस्रो विकेटको लागि २७ रनको साझेदारी गरे । अन्तिममा एक किनारबाट लगातार विकेट गएता पनि मुकुन्द यादवले अर्को किनार सम्हाल्दै प्रदेश १ लाई प्रतिस्पर्धात्मक योगफलतर्फ डोर्याएका थिए ।

सुदूरपश्चिमको बलिंगतर्फ हेमन्त धामी ( ४-०-२८-२ ) र नारायान जोशीले ( ४-०-३३-२ ) समान २ विकेट लिए । यस्तै, कैलाश ऐयर, शेर मल्ल, सन्तोष भट्ट र आदित्य मेहताले समान १ विकेट हात पारे ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]