लोकेशको कीर्तिमानी अर्धशतक

नेपाल एपीएफ क्लबका आक्रामक युवा ब्याटर लोकेश बमले जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्धको दोस्रो सेमिफानल खेलमा १४ बलमा अर्धशतक प्रहार गर्दै नयाँ किर्तिमान बनाएका छन् । यस प्रतियोगिता तथा समग्र नेपालको घरेलु राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिता कै यो सबभन्दा छिटो अर्धशतक हो ।

कप्तान शरद भेषावकर ९ रनमा आउट भएपछि १७ औं ओभरमा ब्याटिंग गर्न आएका बमले जितेन्द्र मुखियाको १७ औं तथा १९ औं ओभरमा लगातार ३ छक्का प्रहार गरे। उनले सुशन भारिको अन्तिम ओभरको पहिलो बलमा चौका प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरे ।

यस खेलको विजेता टोलीले फाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गरेछ । आजै सम्पन्न पहिलो खेलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरिसकेको छ ।

यसअघि खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको नेपाल एपीएफ क्लबले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २३० रन बनायो । उसका लागि ओपनर आशिफ शेखले ४३ बलमा १० चौका र ५ छक्काको मद्धतमा सर्वाधिक ८४ तथा लोकेश बमले १८ बलमा २ चौका र ९ छक्काको मद्धतमा अविजित ६६ रन बनाए । यस्तै , अर्का ओपनर प्रदिप ऐरीले ५३ बलमा ५७ रनको योगदान दिए ।

ओपनरद्वय आशिफ र प्रदिपले पहिलो विकेटको लागि १५० रनको साझेदारी गरे । आशिफलाई सुमित श्रेष्ठ तथा शरदलाई जितेन्द्र मुखियाले आउट पारेपछि लोकेश र प्रदिपले २१ बलमा अविजित ६८ रनको साझेदारी गर्दै एपीएफलाई बलियो योगफलतर्फ डोर्याए ।

त्रिभुवन आर्मी क्लबको बलिंगतर्फ जितेन्द्र मुखिया ( ४-०-५७-१ ) र सुमित श्रेष्ठले ( १-०-१९-१ ) समान १ विकेट लिए भने अन्य बलर विकेटविहिन रहे ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]