प्रधानमन्त्री कप टि-ट्वान्टीको उपाधि एपीएफलाई

फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले उचालेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा १५८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रनमात्र बनाउँन सक्यो । उसका लागि दिपेन्द्र सिंह ऐरीले ५४ बलमा ३ चौका र २ छक्काको मद्धतमा सर्वाधिक ६५ रन बनाए । यस्तै, विकेटकिपर ब्याटर दिलिप नाथले २३, आरिफ शेखले १२ तथा अनिल शाहले १० रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

फास्ट बलर किशोर महतोले ओपनर ब्याटर पवन सरार्फलाई खेलको पहिलो बलमा तथा ३ रन बनाएका अमित श्रेष्ठलाई दोस्रो ओभरमा आउट पार्दै एपीएफलाई शानदार सुरुवात दिलाए । ३ नम्बरमा ब्याटिंग गर्न आएका अनिल शाह पनि १० रनमा अमर शिंह राउटेलाबाट क्याच आउट भएपछि दिपेन्द्र सिंह ऐरीले आरिफ शेखसँग चौथौं विकेटको लागि ३७ रनको साझेदारी गर्दै पुलिसको इनिंग्स उकासे ।

आरिफ शेखलाई दिपक बोहोराले रन आउट गरेपछि दिपेन्द्रले दिलिप नाथसँग पाचौं विकेटका लागि ५६ रनको साझेदारी गरे । दिलिपलाई दिपक बोहोराले बोल्ड आउट पारे । त्यसपछि दिपेन्द्रले अन्तिम ओभरसम्म ब्याटिंग गरेता पनि पुलिसलाई जित दिलाउँन सकेनन् ।

नेपाल एपीएफ क्लबको बलिंगतर्फ किशोर महतोले ४ ओभरमा १७ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । यस्तै, अविनाश बोहोरा, अमर राउटेला र दिपक बोहोराले समान १ विकेट हात पारे ।

यसअघि खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको नेपाल एपीएफ क्लबले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १५७ रन बनाएको थियो । उसका लागि अमर सिंह राउटेलाले १५ बलमा २ चौका र ३ छक्काको मद्धतमा सर्वाधिक २९ रन बनाए । यस्तै, लोकेश बमले २७, सन्दिप जोराले २४, कप्तान शरद भेषावाकारले १९ तथा भुवन कार्कीले १७ रनको योगदान दिए ।

खेलको दोस्रो ओभरमा प्रतियोगिताको सर्वाधिक रनकर्ता आशिफ शेखलाई गुल्शन झाले विकेटकिपर दिलिप नाथबाट क्याच आउट गराए । त्यसपछि लोकेश बम र प्रदिप ऐरीले दोस्रो विकेटको लागि ३१ रनको साझेदारी गर्दै एपीएफको इनिंग्स उकासे । प्रदिपलाई बायाँ हाते स्पिनर सागर ढकालले चौथौं ओभरमा आउट पार्दै साझेदारी तोडे । लगत्तै चौथौं ओभरमा लोकेशलाई दिपेन्द्र सिंह ऐरीले पेभेलियन फर्काए । लोकेशले तेस्रो ओभरमा आरिफ शेखलाई २ छक्का हिर्काएका थिए ।

सन्दिप जोरा र दिपक बोहोराले चौथौ विकेटको लागि १८ रनको साझेदारी गर्दै एपीएफको इनिंग्स अघि बढाए । व्यक्तिगत दोस्रो विकेट लिने क्रममा बोहोरालाई ढकालले आरिफ शेखबाट स्लिपमा क्याच आउट गराए । ऐरीले पुरन बिकलाई डक आउट तथा जोरालाई आउट पार्दै एपीएफलाई ददबाबमा ल्याए । त्यसपछि भुवन कार्कीले कप्तान शरद भेषावाकारसँग सातौँ विकेटका लागि २३ तथा भेषावाकार आउट भएपछि अमर सिंह राउटेलासँग आठौँ विकेटको लागि ३२ रनको साझेदारी गर्दै एपीएफलाई प्रतिस्पर्धात्मक योगफलतर्फ डोर्याएका थिए । राउटेलाले योगेन्द्र सिंह कार्कीको १८ औं ओभरमा २ चौका र १ छक्का प्रहार गर्दै १८ रन बटुलेका थिए ।

नेपाल पुलिस क्लबको बलिंगतर्फ दिपेन्द्र सिंह ऐरी ( ४-०-२२-३ ) र सागर ढकालले ( ३.५-०-२९-३ ) समान ३ विकेट लिए । यस्तै, गुल्शन झाले २ तथा आरिफ शेख र योगेन्द्र सिंह कार्कीले समान १ विकेट हात पारे ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]