अभिषेक पालको उत्कृष्ट पारी, होलिल्यान्ड स्कुल अत्तरियाको विजयी सुरुवात

चटकपुर स्पोर्टस क्लब नेपालको आयोजना तथा शैलेश्वरी पुस्तक पसलको प्रायोजनमा आजदेखि धनगढीको फाप्ला क्रीकेट मैदानमा सुरु भएको चटकपुर स्पोर्टस क्लव नेपाल र अत्तरियाको होलिल्यान्ड स्कुलबीचको ३ टी-२० खेलको सिरिज अन्तर्गतको पहिलो टी-२० खेलमा अभिषेक पालको उत्कृष्ट इनिङपछि अत्तरियाको होलिल्यान्ड स्कुलले रोमाञ्चक २ विकेटको जित आफ्नो नाममा दर्ता गराउदै सिरिजमा विजयी सुरुवात गर्न सफल भएको छ।

चटकपुर स्पोर्टस क्लब नेपाल र अत्तरियाको होलिल्यान्ड स्कुलबीचको पहिलो टी-२० खेलमा चटकपुर स्पोर्टस क्लव नेपालले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो। फलस्वरूप, चटकपुर स्पोर्टस क्लब नेपालले निर्धारित २० ओभरको खेलमा १८.२ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्रै ११५ रन जोड्नसक्यो।ब्याटिङतर्फ चटकपुर स्पोर्टस क्लव नेपालका लागि कप्तान राजु रिजालले १७ बलमा सर्वाधिक २६ रन बनाउदा अभिषेक मल्ल १९ बलमा २३ रन,योगेश भाट २१ बलमा २३ रन र सन्दिप बिष्टले १० बलमा १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो स्कोर छुन सकेनन्।

बलिङतर्फ अत्तरियाको होलिल्यान्ड स्कुलका लागि सञ्जय बोहराले ४ ओभरमा २७ रन खर्चँदा अभिषेक कोइरालाले ३.२ ओभरमा २६ रन खर्चंदै समान ३/३ विकेट लिन सफल भए।

११६ रनको सामान्य विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको अत्तरियाको होलिल्यान्ड स्कुलले निर्धारित २० ओभरको खेलमा १९.३ ओभर खेल्दै ११७ रन बनाउदै रोमाञ्चक २ विकेटको जित आफ्नो नाममा दर्ता गराउन सफल भयो।ब्याटिङतर्फ होलिल्यान्ड स्कुलका लागि अभिषेक पालले २३ बलमा सर्वाधिक ३६ अविजित रन बनाउदा आयुश खड्का १९ बलमा २० रन,दिपक टमटाले १६ बल खेल्दा कप्तान श्यामसुन्दर साउँदले १६ बल नै खेल्दै समान १०/१० रन बनाउन सफल भए।

बलिङतर्फ चटकपुर स्पोर्टस क्लव नेपालका लागि धर्मराज जोशीले ४ ओभरमा १८ रन खर्चंदै सर्वाधिक २ विकेट लिन सफल हुँदा भोजराज भट्ट,आकाश चन्द,योगेश भाट,क्रीश ऐर र आयुव चन्दले समान १/१ विकेट लिन सफल भएपनि आफ्नो टिमलाई जित भने दिलाउन सकेनन्।

चटकपुर स्पोर्टस क्लव नेपाल र होलिल्यान्ड स्कुलबीचको ३ टी-२० खेलको सिरिजको पहिलो टी-२० खेल अत्तरियाको होलिल्यान्ड स्कुलले २ विकेटले जित्न सफल भयो।खेलको म्यान अफ दी म्याच होलिल्यान्ड स्कुललाइ ब्याटिङबाट उत्कृष्ट प्रदर्शन गरि जित दिलाउन सफल खेलाडी अभिषेक पाल घोषित हुन सफल भए।
सिरिजको दोश्रो टी-२० खेल भोलि दिउँसो १२:३० बजेदेखि धनगढीको फाप्ला मैदानमा सुरु हुने क्लवका सचिव लोकेश जोशी ज्यूले जानकारी गराउनुभयो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]