दोश्रो खेलमा युएईसंग नेपाल पराजित

ओमानमा जारि चार देशीय टि-२० अन्तर्राष्ट्रिय सिरिजको दोश्रो खेलमा नेपाल युएईसंग २५ रनले पराजित भएको छ।

अल अमिरात क्रिकेट मैदानमा युएईले दिएको १९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पुरै २० ओभर ब्याटिंग गरेता पनि ५ विकेट क्षेतीमा १६७ रन मात्र बनाउन सक्यो।

नेपालको ब्याटिंगमा दिपेन्द्र ऐरीले सर्वाधिक ४१ रन बनाए जुन क्रममा ३३ बलमा ५ चौका प्रहार गरे। आसिफ शेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आसिफ शेखले ११ तथा शरद भेसावकरले अविजित १० रन बनाए।

लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात राम्रो रह्यो। आसिफ शेखले ज्ञानेन्द्र मल्लसंग ५३ रनको साझेदारी गरे। पावरप्लेको अन्तिम बलमा मल्ल क्याच आउट भए। दोश्रो विकेटको लागि आसिफ र दिपेन्द्रले ३० रन जोडे। दशौँ ओभरमा आसिफलाई रोहन मुस्तफाले कट एण्ड बोल्ड गरे। दिपेन्द्रसंग २५ रनको साझेदारी गरेपछि आरिफ मुस्तफाबाट क्याच आउट भए। लोकेश बमसंग ३० रनको साझेदारी गरेपछि दिपेन्द्र अठारौं ओभरमा जुनैद सिद्दिकीबाट विकेटपछाडी क्याच समातिए। दिपेन्द्र आउट हुँदा नेपालको आवस्यक रन गति उच्च थियो। त्यसपछि युएईले अन्तिमको ओभरहरुमा कसिलो बलिंग गर्दै नेपाली ब्याट्सम्यानलाई दबाबमा राखे। शरद र लोकेशले पाँचौ विकेटको लागि २९ रनको साझेदारी गरेता पनि जित दिलाउन सकेनन्।

युएईका बलर रोहन मुस्तफा र काशिफ दाउदले समान दुई विकेट तथा जुनैद सिद्दिकीले एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट क्षेतीमा १९२ रन बनाएको थियो। टि-२० अन्तर्राष्ट्रियमा नेपाल बिरुद्ध कुनै पनि देशले बनाएको यो दोश्रो ठूलो योगफल हो भने युएईको नेपाल बिरुद्ध सर्वाधिक योगफल हो । यस अघि नेदरल्याण्डले नेपाल बिरुद्ध गत वर्ष सर्वाधिक २०९ रन बनाएको थियो।

युएईको लागि चिराग सुरीले सर्वाधिक ८४ रन बनाए जुन क्रममा अविजित रहेका उनले ५३ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। रोहन मुस्तफाले ३५ बलमा ५ चौका र २ छक्का मद्दतले ४९ रन बनाए। मुहम्मद वासिमले २२ तथा मोहम्मद बुताले १४ रन बनाए।

ओपनर मुहम्मद वासिमलाई तेश्रो ओभरमा शाहब आलमले क्याच आउट पारेपछि दोश्रो विकेटको लागि अर्का ओपनर चिराग सुरीले रोहन मुस्तफासंग ९७ रनको साझेदारी गरे। चौधौं ओभरमा मुस्तफालाई आरिफ सेखले स्टम्पिंग गराए। सुरीले बसिल हमिदसंग ३० रन जोडे। सत्रौं ओभरमा बुतालाई सन्दिपले बोल्ड गरे। चौंथो विकेटको लागि सुरी र मोहम्मद बुतासंग अविजित ४२ रनको साझेदारी गरे।

नेपालको बलिंगमा शाहब आलम ( २-०-३५-१ ), सन्दिप लामिछाने ( ४-०-२३-१ ) र आरीफ शेखले ( २-०-१७-१ ) समान एक विकेट लिए। २०१५ पछि टिममा पुनरागमन गरेका जितेन्द्र मुखिया विकेटविहिन ( ३-०-२५-० ) रहे। कमल सिंह ऐरीले ४ ओभरमा ४२ रन खर्चदा विकेटविहिन रहे।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो। नेपालले तेश्रो तथा अन्तिम खेल टेस्ट राष्ट्र आयरल्याण्डसंग सोमबार खेल्नेछ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]