क्यानडा बिरुद्ध प्लेयर अफ द म्याच कप्तान सन्दिपले के भने

ओमानमा जारी टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समुह चरणको अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपालले सेमीफाइनलमा स्थान बनाएको छ। सेमीफाइनलमा नेपालले भोलि मंगलबार ३:४५ युएईको सामना गर्नेछ। क्यानडा बिरुद्ध जितमा महत्वपूर्ण योगदान दिएपछि प्लेयर अफ द म्याच चुनिएका नेपालका कप्तान सन्दिप लामिछानेले नेपालको जितको श्रेय फास्ट बलरहरुलाई दिएका छन्। खेल पछि कुराकानी गर्ने क्रममा सन्दिपले सेमीफाइनल खेल बारे पनि बताएका छन् –

“क्यानडा पावरप्लेको सुरुवाती ओभरहरुमा राम्रो गरिरहेको थियो। तर श्रेय हाम्रो फास्ट बलरलाई जान्छ जसले सहि ठाउँमा बल राखे।” खेलमा १२ रन खर्चेर ३ विकेट लिएका सन्दिपले बताए।

उनले बलरहरुको लय सेमीफाइनलमा पनि दोहोरिने विश्वास व्यक्त गरे “मलाई लाग्छ उत्कृस्ट क्रिकेट अझै आउन बाँकी छ। तर जसरि उनीहरुले भूमिका निभाएका छन् त्यसले निकै उत्साहित बनाएको छ। जसरि हाम्रा बलरहरुले बलिंग गरिरहेका छन् त्यो हेर्नु सुखदायी छ। सबै जना राम्रो आकारमा छन्। आशा छ भोलि पनि त्यो दोहोरिनेछ। अब अर्को एक दिन यही लय कायम राख्न चाहन्छौ। र जसरि उनीहरु बलिंग गरिरहेका छन् ममा आत्मविश्वास छ।”

उनले नेपालको बलिंग राम्रो भैरहेको बताउदै आफुलाई कप्तानी गर्न सहज भएको बताए – “मलाई प्रतियोगितामा निकै सहज भइरहेको छ। उनीहरु नियमित विकेट लिईरहेका छन् र सहि ठाउँमा बल फालीरहेका छन् र सुरुवाती विकेट लिईरहेका छन्। त्यसैले श्रेय यो पटक फास्ट बलरहरुलाई जान्छ।”

उनले ब्याटिंगमा कुशल र दिपेन्द्र मात्रै हैन सबैले उत्तिकै मेहनत गरिरहेको र ओमानको परिस्थिति नयाँ नभएको बताए – “ओमान हाम्रो लागि अब नयाँ छैन, हामि यहाँ केहि समय देखि खेलीरहेका छौँ। हामि एकै विकेटमा दुई साता देखि खेलीरहेका छौँ। अब मलाई लाग्छ कुशल र दिपेन्द्र मात्र हैन सबैले बराबर मेहनत गरिरहेका छन्। हामि भोलि ठूलो खेलको लागि तयार छौँ।”

उनले नेपाललाई विश्वकप पुर्याउन अन्तिम प्रयास गर्ने बताए- “हामि सबै त्यो पलको लागि मेहनत गरिरहेका छौँ। अब हामी सबैले भोलि अन्तिम प्रयास गर्न बाँकि छ। हामि उत्साहित छौँ र अहिलेसम्म राउण्ड रोबिनको यात्रा निकै राम्रो रहेको छ। जसले पनि भोलि दबाब झेल्न सक्छ त्यही टिम विजेता बन्नेछ।”

उनले नेपाली समर्थकहरुलाई धन्यवाद दिंदै आफ्नो तर्फबाट विश्वकप पुर्याउन उत्कृस्ट प्रयास गर्ने बताए – “सबैलाई धन्यवाद अहिलेसम्म सबैले हामीलाई विश्वास गर्नु भएकोमा। भोलि एउटा महत्वपूर्ण खेल छ र सबैजनाको त्यतिकै आशा , माया प्रेमको आशा छ। अहिलेसम्म हामीलाई माया गर्नु भएकोमा धन्यवाद। हाम्रो तर्फ बाट १०० प्रतिशत दिईरहेका छौँ र त्यसरी पनि भोलि पनि जिउ ज्यान लगाएर नेपाललाई विश्वकप छनोट गराउने आशा छ।”





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]