धनगढी मेयर एलपीएल-६ : विद्या भूषण सेमिफाइनलमा, अर्जुनको विस्फोटक इनिंग्स

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तरगत आज भएका दुई खेलमा लिटल फ्लावर स्कुल र विद्या भूषण गेटा विजयी भएका छन् ।

विद्या भूषणले स्टेपिङ स्टोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । विद्या भूषणको जित पछि लिटल फ्लावर उपाधि होडबाट बाहिरिएको छ ।

आज भएको दोस्रो खेलमा विद्या भूषण गेटाले स्टेपिङ स्टोन माथि ८७ रनको जित निकालेको हो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको विद्या भूषणले अर्जुन साउद र वीरेन्द्र नाथको उत्कृष्ट पारीसँगै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनायो ।

१ सय ८७ रनको विजयी लक्ष पछ्याएको स्टेपिङ स्टोनले १९.१ ओभरमा आफ्ना सबै विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । स्टेपिङका लागि दिनेश ओडले ३१, कप्तान अभिषेक कुवरले २१, विशाल विष्टले १२ र वीरेन्द्र चन्दले १० रन मात्रै बनाउन सके । बलिङ तर्फ विद्या भूषणका वीरेन्द्र नाथले ४, रोशन थापाले २, अर्जुन साउद, नरेन साउद, प्रवेश बुढ्थापा र वीरेन्द्र बमले समान १/१ विकेट लिए ।

यस अघि विद्या भूषणका लागि विस्फोटक पारी खेलेका अर्जुन साउदले ३८ बलमा ८ छक्का र ७ चौकको मद्दतले ८९ रन बनाए । सुरुवाती पारी एक्लै सम्हालेका वीरेन्द्र नाथ ४७ बलमा ५४ रन बनाएर आउट भए । प्रदीप चन्दले १४ रन बनाए । बलिङ तर्फ स्टेपिङका कप्तान अभिषेक कुवरले ४ र आयुब चन्दले १ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच वीरेन्द्र नाथ घोषित भए । सर्वाधिक छक्काको अवार्ड अर्जुन साउदले पाउँदा गेम चेन्जर अवार्ड अर्जुन साउँदले नै पाए ।

आजको पहिलो खेलमा लम्कीको गुरुकुल स्कुललाई ८ विकेटले पराजित गर्दै लिटल फ्लावर स्कुल विजयी भयो ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको गुरुकुलले १७.५ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८५ रन मात्रै बनाउन सक्यो । ८६ रनको सामान्य लक्ष पछ्याएको लिटल फ्लावरले ५.२ ओभरमा २ विकेट गुमाएर लक्ष भेट्टायो । लिटल फ्लावरका लागि विपिन रावलले उत्कृष्ट अर्धसतकीय पारी खेले । १६ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका विपिन ५० रनमा अविजित रहे । सुवास ऐर ८ बलमा २० र प्रकाश जैसी १० रन बनाएर आउट भए । सुवास र प्रकाशको विकेट जानु कस्गरले लिएका हुन् ।

यस अघि गुरुकुलका लागि कृश शाहीले ३१ बलमा २२ र कुशल न्यौपानेले १२ बलमा १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहरो अङ्क छुन सकेनन् । बलिङ तर्फ लिटल फ्लावरका रुपेश थापाले ४ ओभर बलिङ गर्दै १४ रन खर्चेर महत्त्वपूर्ण ५ विकेट लिए । उसका सचिन भट्टले ४ ओभरमा १३ रन दिएर ३ विकेट र सार्थक बमले १ विकेट लिए ।

खेलको प्लेयर अफ दी म्याच रुपेश थापा घोषित हुँदा सर्वाधिक छक्काको अवार्ड विपिन रावलले पाए भने गेम चेन्जर अवार्ड सचिन भट्टले पाए ।

प्रतियोगिता अन्तरगत भोलि बुधवार हुने पहिलो खेलमा शारदा सरस्वती दोधारा र सैनिक आवासीय महाविद्यालय तेघरी तथा दोस्रो खेलमा सत्यवती एकेडेमी अत्तरिया र स्टेपिङ स्टोन प्रतिस्पर्धा गर्नेछन् ।

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लगको विजेताले १ लाख ५० हजार र उप–विजेताले ७५ हजार पुरस्कार राशि पाउने छन् ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]