ललितपुर मेयर कप : पहिलो दिन एपीएफ र सुदूरपश्चिम विजयी, करुना र ऋतु उत्कृस्ट

२०७८ फाल्गुन १०, मंगलवार २१:२८

ललितपुर मेयर महिला च्याम्पियनसिप टि-ट्वान्टी प्रतियोगिता काठमाडौँमा सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र शशस्त्र प्रहरी बल ( एपीएफ ) विजयी भएका छन्।

सुदूरपश्चिममा vs ललितपुर मेयर्स-११

टियु मैदान कीर्तिपुरमा सम्पन्न दिनको पहिलो खेलमा ललितपुर मेयर्स-११ लाई ५८ रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गर्यो। सुदूरपश्चिमले दिएको १४४ रनको लक्ष्य पछ्याउने क्रममा ललितपुर मेयर्स-११ ले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट क्षेतीमा ८५ रन मात्र बनाउन सक्यो।

ललितपुरको ब्याटिंगमा कप्तान सरस्वति चौधरीले सर्वाधिक २६ रन, साना प्रविनले १५ तथा कन्चन श्रेठले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। सुदूरपश्चिमको बलिंगमा लक्ष्मी साउदले तिन विकेट ( ४-०-३३-३ ), कविता कुँवरले दुई विकेट ( ४-१-५-२ ) हात पारा इश्वरी बिस्ट र सम्झना खड्काले समान एक विकेट लिए।

टस जितेर ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ५ विकेट क्षेतीमा १४३ रन बनाएको थियो। उसको लागि कप्तान ऋतु कनोजियाले मात्र २९ बलमा ६ चौका मद्दतले सर्वाधिक ४२ रन योगदान दिईन्। रेवती धामीले २९, बिन्दु रावलले २८ तथा डली भट्टले २५ रन योगदान दिए। रेवती र बिन्दुले ५३ रनको ओपनिंग साझेदारी तथा तेश्रो विकेटको लागि ऋतु र डली बीच ६४ रनको साझेदारी गरे।

ललितपुरको बलिंगमा खुसि डंगोलले दुई विकेट हात पार्दा अश्मिना कर्माचार्य, आरति बिडारि र अनुराधा चौधरीले समान एक विकेट लिए।

एपीएफ vs प्रदेश-१

दिनको दोश्रो खेलमा एपीएफले प्रदेश नम्बर-१ लाई ६ विकेटले परजित गर्यो। प्रदेश-१ ले पहिले ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट क्षेतीमा ५७ रन मात्र बनाएपछि ५८ रनको लक्ष्य एपीएफले ११.४ ओभरमा ४ विकेट क्षेतीमा भेटायो।

एपीएफको जितमा ज्योति पाण्डेले सर्वाधिक २३, रोम थापाले १५ रन योगदान दिए। यस्तै बलिंगतर्फ अफस्पिनर करुना भण्डारीले सर्वाधिक ३ विकेट ( ४-३-५-३ ) हात पारिन् भने राजमति ऐरीले २ तथा रेखा रावल र सुमन विस्टले १/१ विकेट लिए। प्रदेश-१ को ब्याटिंगमा सबनम राईले सर्वाधिक १६ रन योगदान दिईन् भने बलिंगमा पनि सबनमले २ विकेट तथा हेरमायी रोय र रुबिना क्षेत्रीले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत दोश्रो दिन पनि दुई खेल हुनेछन्। दिनको पहिलो खेलमा विहान ९ बजे एपीएफ र सुदूरपश्चिम प्रदेश तथा दोश्रो खेलमा ललितपुर मेयर्स-११ र लुम्बिनी प्रदेश बीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, एपीएफ, लुम्बिनी प्रदेश, प्रदेश-१ र ललितपुर मेयर्स-११ गरि पाँच टोलि सहभागी छन्। सहभागी सबै टिमले एक-अर्का संग १/१ खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिम फाइनल प्रवेश गर्नेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy