समर्थकहरुसंग माफी माग्दै कप्तान सन्दिपले भने “सबै दोष म लिन्छु”

युएईसंग सेमीफाइनलमा पराजित हुँदै नेपाल टि-ट्वान्टी विश्वकप २०२२ छनोट हुन असफल भएपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेले हारको दोष आफुले लिने बताएका छन्। खेल पछि ब्रोडकाष्टरसंग कुरा गर्दै सन्दिपले निराशा व्यक्त गरे।

“निराश” सन्दिपले सुरुवात गरे।

“यो त्यस्तो दिन थियो जहाँ सबैकुरामा बिपक्षीसंग परास्त भयौं। हामीले स्वीकार गर्न पर्छ कि युएईले निकै राम्रो क्रिकेट खेल्यो। म संग यसलाई बयान गर्न कुनै शब्द छैन। हामी सबैले राम्रो महसुस गरिरहेका छैनौ। यो जीवन हो , तपाईले स्वीकार गर्नुपर्छ , भविष्यमा पनि धेरै मौकाहरु आउनेछन्।”

सन्दिपले सबै दोष आफुले लिने बताए – “एउटा लिडरको रुपमा, सबै दोष म लिन्छु। तर मलाई खेलाडीहरु प्रति गर्व छ जसरि उनीहरुले भूमिका निभाए, बलिंग ब्याटिंग र सबै क्षेत्रमा उनीहरुले प्रतियोगितामा राम्रो खेल देखाए। एउटा खराब दिन थियो जहाँ सबै कुरा गलत भयो।”

उनले युएईको खेलको तारिफ गरे- “उनीहरुले गजबको खेले, पावरप्लेमा राम्रो सुरुवात गरे र त्यसलाई मिडल र डेथ ओभरमा जारि राखे। बधाई छ युएई क्रिकेट टिमलाई जसले गजबको क्रिकेट खेले र उनीहरुलाई शुभकामना छ।”

खेलमा प्रयोग भएको विकेट ब्याटिंगको लागि निकै राम्रो भएको र डेथ ओभरमा नेपाली बलरहरुले राम्रो बलिंग गरेको उनले बताए –

“श्रेय हाम्रो बलरहरुलाई पनि जान्छ, यो विकेट निकै राम्रो थियो र २०० सम्मको रन पनि बन्न सक्थ्यो। विकेट निकै फ्ल्याट र ब्याटिंग गर्न राम्रो थियो। जसरि बलरहरुले डेथ ओभरमा बलिंग गरे त्यो राम्रो थियो।” १३६/२ को अवस्थाबाट अन्तिमको ओभरमा नेपालले युएईको थप ५ विकेट लिन सफल भएको थियो भने रन समेत कम दिएको थियो जसकारण युएईले थप विशाल लक्ष्य बनाउन सकेको थिएन।

उनले लक्ष्य पछ्याउने क्रममा सुरुवाती तिन विकेट गुमेपछि टिम दबाबमा परेको बताए – “तिन विकेट छिट्टै गुमेपछि, रन रेट माथि जाँदै थियो। त्यसपछि पनि उनीहरुले राम्रो ठाउँमा बलिंग गरिराखे र हामीलाई दबाबमा राखे। उनीहरुले हामीलाई पुनरागमन गर्ने दिएनन्।”

नेपाललाई विश्वकप पुर्याउन नसकेकोमा उनले नेपाली समर्थकहरुसंग माफी मागे-

“म सबै फ्यानसंग माफी माग्न चाहन्छु कि हामीले यो पटक विश्वकप छनोट हुन सकेनौ। तर धेरै आशाहरु बाँकी छन् यही जीवन हो।”

प्रतियोगिताको अन्तिम खेल नेपालले ओमानसंग बिहिबार तेश्रो स्थानको लागि खेल्नेछ। खेल नेपाली समय ३:४५ बजे दिउँसो सुरु हुनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]