पाँच पोखरी टि-२० क्रिकेट प्रतियोगिता : सिरुवारीको  सानदार जित

पाँच पोखरी टि-२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत सिरुवारीले इन्द्रावती गाउँपालिकाविरुद्ध ११ रनको सानदार जित निकालेको छ ।
मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा ७९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको इन्द्रावती १८.३ ओभरमा ६७ रनमा अल आउट भयो । उसका लागि प्रकाश सापकोटाले ४३ बलमा सर्वाधिक १२ रन बनाए । यस्तै, प्रदीप सापकोटा ८, अरुण चौलागाईं ७ र विवेक सापकोटा ५ रनमा आउट भए ।

सिरुवारीको बलिङतर्फ सुशान चौलागाईंले ३ तथा रोशन श्रेष्ठ र सुदीप दुलालले २-२ विकेट लिए ।

यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिरुवारीले १५.१ ओभरमा सम्पुर्ण विकेट गुमाएर ७८ रनमात्र बनाउन सक्यो । उसका लागि रिन्जिन लामाले २७ बलमा ४ चौकासहित सर्वाधिक २६ रन बनाए । यस्तै, मनोज देउजा ११ तथा उमंग धिताल र रोशन श्रेष्ठले समान ९ रनको योगदान दिए ।

इन्द्रावतीको बलिङतर्फ सबिन कार्कीले ३.१ ओभरमा १ मेडनसहित ११ रन खर्चेर ४ विकेट लिए । यस्तै, राजेश र कपिल चौलागाईंले २-२ विकेट लिए ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]