पाँचपोखरी टि-२० : सार्थक चम्किंदा पाँच पोखरीको जित

सार्थक धिताल चम्कदा पाँचपोखरी टि२० जिल्लास्तरिय क्रिकेट प्रतियोगितामा पाँचपोखरी क्रिकेट क्लबले लगातार दोस्रो जित हात पारेको छ । पाँचपोखरीले सानु सिरुवारीलाई ७ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको हो ।

७३ रनको विजयी लक्ष्य पाँचपोखरीले १३.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाँचपोखरीको लागि सार्थक धितालले ३८ बलमा ३ चौका र १ छक्कासहित ३१ रनको अविजित इनिङ खेले । राजन धिताल १, विक्की श्रेष्ठ ४, राजु धिताल ५ रनमा आउट हुँदा महेश देउजा २२ बलमा २ चौका र २ छक्कासहित २४ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको सिरुवारी १५.३ ओभरमा ७२ रनमा अल आउट भएको थियो । उसका लागि रञ्जित लामाले ४८ बलमा ४ चौकासहित सर्वाधिक ४३ रन बनाए । पाँच पोखरीका लागि विजय धितालले ४ ओभरम १ मेडनसहित १० रन खर्चेर ४ विकेट लिए । राजु धितालले २ विकेट लिए । सार्थक प्लेयर अफ द म्याच चुनिए । सार्थक लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच चुनिएका हुन् ।

अर्को खेलमा मेलम्चीले इन्द्रावती गाउँपालिकालाई ३९ रनले पराजित गर्यो । मुलपानीमा टस जितेर ब्याटिङ रोजेको मेलम्चीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३० रन बनायो । मेलम्चीका लागि राजु दुलालले ४० बलमा ३ चौकासहित सर्वाधिक ४० रन बनाए । बालकृष्ण दुलाल २२ र सन्जु चौलागाईंले २१ रन बनाए । इन्द्रावतीका राजेश,कपिल, विवेक र अरुणले २-२ विकेट लिए ।

१ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको इन्द्रावती १८.१ ओभरमा ९१ रनमा अल आउट भयो । उसका लागि ओपनर अरुण चौलागाईंले २१ र प्रमोद सापकोटाले ११ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । मेलम्चीका अनिश दुलाल र सन्जिभ चौलागाईंले ३-३ विकेट लिए । राजु दुलालको नाममा २ विकेट रह्यो ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]