इन्डो–नेपाल टि–२० को उपाधि पूर्वाञ्चललाई, मन्जितको अलराउण्ड प्रदर्शन

पुष्पराज थपलिया,विराटनगर । भारतको शम्सेर क्रिकेट क्बल कानपुर पराजित गर्दै विराटनगरको पूर्वाञ्चल क्रिकेट एकाडेमी विराटनगरमा जारी इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको उपाधि जितेको छ ।

पूर्वाञ्चलले विराटनगरस्थित जुटमिलको खेल मैदानमा आज भएको फाइनलमा कानपुरलाई ६ रनले पराजित गर्दै उपाधि जितेको होे । जितसँगै पूर्वाञ्चलले नगद १ लाख ११ हजार ?पैयाँको साथै ट्रफि हात पार्यो । उप विजेता भएको कानपुरले नगद ५१ हजार रूपैयाँमा चित्त बुझायो ।

टस जितेर ब्याटिङ गरेको पूर्वाञ्चालले निर्धारित २० ओभरमा सवै विकेट २ सय ४ रनको योगफल विशाल स्कोर खडा गरेको थियो । पूर्वाञ्चलका कप्तान तथा नेपालका पूर्व अन्तर्राष्टिय खेलाडि मन्जित श्रेष्ठले २६ बलमा ३ छक्का र ६ चौका प्रहार गर्दै ४६ रन बनाउँदा नेपालका अन्तर्राष्टिय खेलाडि रसिद खानले २१ बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै ४६ रन बनाए । त्यस्तै श्रवण यादवलमा १६ बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै ४० रन र मुकुन्द यादवले २९ रन जाडे ।

कानपुरका दिपाङसु र किशन लालले ३–३ विकेट लिँदा श्रेष्ठा मिश्राले २ विकेट लिए ।

जवाफमा २ सय ५ रनको विशाल लक्ष्य पछ्याएको कानपुरले २० ओभरमा ९ विकेटको गुमाउँदै १ सय ९८ रनमा बनायो । कानपुरका राहुल सिंहले ३९ रन बनाउँदा श्रेष्ठा मिश्राले ३० रन , हर्षित सिंहले २७ रन र कप्तान रवि राँयले २२ रनको योगदान दिए ।

पूर्वाञ्चलका जोसक खड्काले ३ विकेट लिँदा कप्तान मन्जित श्रेष्ठले २ विकेट लिए ।

फाइनल खेलको म्यान अफ द फाइनल पूर्वाञ्चलका जोसक खड्का घोषित भए । प्रतियोगिता उत्कृष्ट खेलाडि पूर्वाञ्चलका मन्जित श्रेष्ठ घोषित हुँदा उत्कृष्ट ब्याटर कानपुरका हर्षित सिंह भए । उत्कृष्ट बलर पूर्वाञ्चलका जोसक खड्का हुँदा प्रतियोगिताको उदयमान खेलाडी आयोजक टिमका अजय कुर्मी र निखिल चौधरी घोषित भए ।

 

प्रतियोगितामा विजेता हुने टिमहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का उद्योग श्रम तथा रोजगार मन्त्री प्रताव प्रकाश हाङगाम, विराटनगर १६ का वडाअध्यक्ष मनोज सुब्बा, आयोजक समितिको अध्यक्ष मुरली चौधरीलगायतले ट्रफि तथा प्रमाणपत्र वितरण गरेका थिए ।

( साभार – खबरपूर्वान्चल )





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]