विश्व कप लिग-२ः आज नेपाल र पीएनजी भिड्दै

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले आज बुधबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा खेल सवा ११ बजे सुरु हुनेछ ।

नेपाल पीएनजीलाई हराउँदै शृङ्खलामा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ ।

नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दैछ । नेपालले यस अघि पीएनजीविरुद्ध खेलेको दुबै एकदिवसीय आफ्नो पक्षमा पारेको छ ।

शृंखला अघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेलेको थियो । तीन खेल जित्दा एकमा हार बेहोरेको छ ।

लिग२ मा नेपालले ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा छ । अंकविहीन पीएनजी १३ खेल खेल्दै पुछारमा छ ।

त्रिदेशीय सिरिजमा नेपालले पीएनजीसँगै घरेलु टोली यूएईसँग खेल्नेछ। मंगलबारबाटै सुरु भएको सिरिजमा आयोजक यूएईले पीएनजीलाई सात विकेटले पराजित गरेको छ। पीएनजी यस प्रतियोगितामा एउटै खेल नजित्ने पहिलो टोली हो।

टी–२० क्रिकेटमा जमिरहेको नेपालका लागि ५० ओभरको खेल चुनौतीपूर्ण देखिएको छ। पीएनजी तुलनात्मक रुपमा कमजोर देखिए पनि यूएई नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो। नेपालले पीएनजीसँग अहिलेसम्म दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ।

दुवै खेलमा नेपाल विजयी भएको थियो। त्यसैले बुधबार नेपालले पीएनजीमाथि सुखद नजिता निकाल्ने लक्ष्यमा छ। सिरजमा नेपालले मार्च १८ मा यूएई, मार्च २१ मा पुनः यूएई र मार्च २२ मा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ।

लिग–२ मा नेपालले आठ खेल खेल्दै चार जित र चार हार खेपेको छ। आठ अंक बनाएको नेपाल अहिले तालिकाको छैटौँ स्थानमा छ। नेपाल लिगमा कम खेल खेल्ने टोली पनि हो। पीएनजीले अहिलेसम्म अंकको खाता खोल्न सकेको छैन।

सात टोली सहभागी लिग–२ मा सबै राष्ट्रले एकआपसमा ३२ वटा खेल खेल्नेछन्। ३२ खेलपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]