Nepal vs PNG : आरिफले तोडे उरा र सियाका बीचको अर्धशतकीय साझेदारी

आईसीसी विश्वकप लिग-२ अन्तर्गत युएईमा जारि त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत दोश्रो खेलमा नेपाल र पपुवा न्यु गिनी प्रतिस्पर्धा गरिरहेका छन्।

शारजाह स्टेडियममा जारि खेलमा टस जितेर ब्याटिंग रोजेको पपुवा न्यु गिनीले १२ ओभर समाप्तिमा ५३ रन बनाउदा १ विकेट गुमाएको छ। क्रिजमा लेगा सियाका अविजित २४ तथा कप्तान असद भाला खाता नखोली अविजित छन्।

ओपनर टोनी उरा र लेगा सियाकाले ५१ रनको साझेदारी गरे पछि दशौँ ओभरमा मिडियम पेसर आरिफ शेखले उरालाई विकेटकिपर बिनोद भण्डारीबाट क्याच आउट पार्दै साझेदारी तोडेका हुन्। उराले ३४ बलमा ५ चौका मद्दतले २७ रन बनाए।

नेपालको बलिंग :

सोमपाल कामि : ५-०-२६-० , करन केसी : ४-०-१९-० , आरिफ शेख : २-०-५-१ , सन्दिप लामिछाने – १-१-०-०

नेपालको अन्तिम एघार : सन्दिप लामिछाने ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, बिनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामि, सागर ढकाल, करन केसी

पपुवा न्यु गिनीको अन्तिम एघार : लिगा सीएका, टोनी उरा, असद भाला ( कप्तान ) , चार्ल्स अमिनी, हिरी हिरी, चाड सोपर, नोर्मन भानुवा, राइली हेकुरे, सिमोन अटाई, डोगोडो बाउ, एलि नाओ





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]