NEPAL vs PNG : ज्ञानेन्द्रलाई पहिलो अन्तर्राष्ट्रिय विकेट

आईसीसी विश्वकप लिग-२ अन्तर्गत युएईमा जारि त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत दोश्रो खेलमा नेपाल र पपुवा न्यु गिनी प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर ब्याटिंग रोजेको पपुवा न्यु गिनीले २७ ओभरमा ४ विकेट गुमाएर ९५ रन बनाएको छ। क्रिजमा चार्ल्स अमिनी ३१ बलमा २ चौका मद्दतले २० रन  तथा चाड सोपर १ रनमा अविजित छन्।

ओपनर टोनी उरा र लेगा सियाकाले ५१ रनको साझेदारी गरेका थिए। दशौँ ओभरमा उरालाई आरिफ शेखले विकेटकिपर बिनोद भण्डारीबाट क्याच आउट पारे। तेह्रौं ओभरमा कप्तान सन्दिप लामिछानेले सियाकालाई बोल्ड गर्दै नेपाललाई खेलमा हावी गराए। उराले ३४ बलमा ५ चौका मद्दतले २७ तथा सियाकाले ३३ बलमा २ चौका मद्दतले २५ रन बनाए।

तेश्रो विकेटको लागि असद भाला र चार्ल्स अमिनी बीच ३५ रनको साझेदारी भएको थियो। चौबिसौं ओभरमा पहिलो ओभर बलिंग गर्न आएका ज्ञानेन्द्र मल्लले १८ रन बनएका भालालाई क्याच आउट पार्दै साझेदारी तोडे। अफ स्पिनर मल्लले अन्तर्राष्ट्रिय क्रिकेटमा विकेट लिएको यो नै पहिलो अवसर हो। लगत्तै मल्लले हिरी हिरीलाई रन आउट पार्दै चौंथो विकेट दिलाए।

नेपालको बलिंग :

सोमपाल कामि : ६-०-३०-०

करन केसी : ४-०-१९-०

आरिफ शेख : ६-०-१६-१ ,

सन्दिप लामिछाने : २-०-३-१

दिपेन्द्र ऐरी : ७-०-२०-०

ज्ञानेन्द्र मल्ल : २-०-६-१

खेल प्रत्यक्ष हेर्नुस





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]