NEPAL vs PNG : ज्ञानेन्द्रलाई पहिलो अन्तर्राष्ट्रिय विकेट

२०७८ चैत्र २, बुधबार १३:१३

आईसीसी विश्वकप लिग-२ अन्तर्गत युएईमा जारि त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत दोश्रो खेलमा नेपाल र पपुवा न्यु गिनी प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर ब्याटिंग रोजेको पपुवा न्यु गिनीले २७ ओभरमा ४ विकेट गुमाएर ९५ रन बनाएको छ। क्रिजमा चार्ल्स अमिनी ३१ बलमा २ चौका मद्दतले २० रन  तथा चाड सोपर १ रनमा अविजित छन्।

ओपनर टोनी उरा र लेगा सियाकाले ५१ रनको साझेदारी गरेका थिए। दशौँ ओभरमा उरालाई आरिफ शेखले विकेटकिपर बिनोद भण्डारीबाट क्याच आउट पारे। तेह्रौं ओभरमा कप्तान सन्दिप लामिछानेले सियाकालाई बोल्ड गर्दै नेपाललाई खेलमा हावी गराए। उराले ३४ बलमा ५ चौका मद्दतले २७ तथा सियाकाले ३३ बलमा २ चौका मद्दतले २५ रन बनाए।

तेश्रो विकेटको लागि असद भाला र चार्ल्स अमिनी बीच ३५ रनको साझेदारी भएको थियो। चौबिसौं ओभरमा पहिलो ओभर बलिंग गर्न आएका ज्ञानेन्द्र मल्लले १८ रन बनएका भालालाई क्याच आउट पार्दै साझेदारी तोडे। अफ स्पिनर मल्लले अन्तर्राष्ट्रिय क्रिकेटमा विकेट लिएको यो नै पहिलो अवसर हो। लगत्तै मल्लले हिरी हिरीलाई रन आउट पार्दै चौंथो विकेट दिलाए।

नेपालको बलिंग :

सोमपाल कामि : ६-०-३०-०

करन केसी : ४-०-१९-०

आरिफ शेख : ६-०-१६-१ ,

सन्दिप लामिछाने : २-०-३-१

दिपेन्द्र ऐरी : ७-०-२०-०

ज्ञानेन्द्र मल्ल : २-०-६-१

खेल प्रत्यक्ष हेर्नुस

https://www.youtube.com/watch?v=3ywVNXltXvI

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy