रुपन्देही सुपर लिग : बुटवल–११ विजयी

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्र्तग डिभिजन ‘ए’को बुधबारको खेलमा बुटवल–११ क्रिकेट क्लबले तिलोत्तमा क्रिकेट क्लबलाई ५६ रनले पराजित जित निकालेको छ ।

सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको बुटवल–११ ले निर्धारित ५० ओभरको खेलमा ३९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५६ रनको योगफल बनायो । उसका लागि विवेश खातीले ४३, विवेक शर्माले २७ तथा इशान पाण्डे र अविषेक ठाकुरले समान २६–२६ रनको योगदान दिए । बलिङमा तिलोत्तमाका अमरसिंह रौतेल र कृष्ण पराजुलीले समान ३–३ तथा कृष्ण कार्कीले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको तिलोत्तमा ३७ ओभरमा सबै विकेटको नोक्सानीमा १०० रनमै समेटियो । उसका लागि कृष्ण भुसालले २३, भुवन गैरेले २० र अमरसिंह रौतेलले १४ रन बनाए । तिलोत्तमालाई सस्तैमा रोक्न बलिङमा बुटवल–११ का सुभम घमालले ४, सोनु तामाङले ३ र इशान पाण्डेले २ विकेट लिए । सुुभम घमाल म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिता रुपन्देही क्रिकेट संघले आयोजना गरेको हो ।

चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]