ज्ञानेन्द्रको विकेट पछि नेपाल पुनः दबाबमा, रोहितको धैर्यता कायमै

युएईमा जारि विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफ्नो दोश्रो खेलमा नेपालले आयोजक युएईसंग प्रतिस्पर्धा गरिरहेको छ।

खेलमा युएईले दिएको १६९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ८२ रन बनाउदा ४ विकेट गुमाएको छ। क्रिजमा रोहित पौडेल २९ रनमा अविजित छन् जुन क्रममा उनले ३९ बलमा ३ चौका प्रहार गरेका छन्।

खराब सुरुवात गरेको नेपालले पहिलो ३ विकेट २७ रन बनाउदा गुमाउन पुग्यो। कुशल भुर्तेल ११, आसिफ शेख ७ तथा दिपेन्द्र ऐरी ४ रनमा आउट भए। त्यसपछि मल्ल र पौडेलले अर्धशतकीय साझेदारी गरे। ६२ बलमा १ चौका मद्दतले २८ रन बनाएका मल्ल २३ औं ओभरमा रोहन मुस्तफाबाट एलबिडब्लु भए। त्यस अघि रोहित र ज्ञानेन्द्रले ४५ रनको साझेदारी गरे।

टस जितेर ब्याटिंग गरेको युएईले ४६.३ ओभरमा १६८ रन बनाएको थियो।

युएईको ब्याटिंगमा सिपि रिजवान र रोहन मुस्तफाले समान ४० रन बनाए। मुहम्मद वासिमले २१, खासिफ दौडले १८, बसिल एहमदले १४ तथा एहमद रजाले १३ रन बनए।

सोमपाल कामिले उत्कृस्ट बलिंग गर्दा युएईको सुरुवात खराब रह्यो। सोमपालले चिराग सुरी, भृत्य अरविन्द र मुहम्मद वासिमको विकेट लिए। करन केसीले आसिफ खानको विकेट लिंदा युएई ३५/४ को अवस्थामा पुग्यो।

पाँचौ विकेटको लागि सिपि रिजवानले रोहन मुस्तफासंग ७७ रनको साझेदारी गरे। कप्तान सन्दिप लामिछानेले ३४ औं ओभरमा रिजवानलाई स्टम्प आउट गर्दै साझेदारी तोडे। ३९ औं ओभरमा मुस्तफालाई दिपेन्द्र ऐरीले बोल्ड गरे। लगत्तै बसिल एहमदलाई सागर ढकालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय विकेटको रुपमा क्याच आउट पारे। त्यसपछि युएईको तल्लो क्रम ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्।

नेपालको बलिंगमा सोमपाल कामिले ४ विकेट ( ९-०-३९-४ ), करन केसीले ३ विकेट ( ७.३-१-१६-३ ) लिए। सन्दिप लामिछाने ( १०-१-३०-१ ), दिपेन्द्र ऐरी ( १०-०-४२-१ ) र सागर ढकालले ( ४-०-१३-१ ) समान १ विकेट लिए।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]