अर्धशतक बनाउन चुके रोहित, नेपाललाई पुनः तल्लोक्रमको भर

२०७८ चैत्र ४, शुक्रबार १७:१४

युएईमा जारि विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफ्नो दोश्रो खेलमा नेपालले आयोजक युएईसंग प्रतिस्पर्धा गरिरहेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा युएईले दिएको १६९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३०.२ ओभरमा ७ विकेट क्षेतीमा १०७ रन बनाएको छ। क्रिजमा करन केसी र कमल सिंह ऐरी खाता नखोली अविजित छन्।

खराब सुरुवात गरेको नेपालले २७ रन बनाउदा पहिलो ३ विकेट गुमायो।  कुशल भुर्तेल ११, आसिफ शेख ७ तथा दिपेन्द्र ऐरी ४ रनमा आउट भए।  पाँचौ नम्बरमा ब्याटिंग गरेका रोहित पौडेलसंग ज्ञानेन्द्र मल्लले ५५ रनको साझेदारी गरे। ज्ञानेन्द्र २३ औं ओभरमा आउट भए जसले ६२ बलमा २८ रन बनाए। लगत्तै खाता नखोली आरिफ शेख आउट भए। करियरको पाँचौ अर्धशतक नजिक पुगेका रोहित पौडेल ४६ रन बनाएर ३० औं ओभरमा जहुर खानबाट क्याच आउट भए। लगत्तै ६ रन बन्येर सोमपाल कामि आउट हुँदा नेपाल दबाबमा छ।

टस जितेर ब्याटिंग गरेको युएईले ४६.३ ओभरमा १६८ रन बनाएको थियो।

युएईको ब्याटिंगमा सिपि रिजवान र रोहन मुस्तफाले समान ४० रन बनाए। मुहम्मद वासिमले २१, खासिफ दौडले १८, बसिल एहमदले १४ तथा एहमद रजाले १३ रन बनए।

सोमपाल कामिले उत्कृस्ट बलिंग गर्दा युएईको सुरुवात खराब रह्यो। सोमपालले चिराग सुरी, भृत्य अरविन्द र मुहम्मद वासिमको विकेट लिए। करन केसीले आसिफ खानको विकेट लिंदा युएई ३५/४ को अवस्थामा पुग्यो।

पाँचौ विकेटको लागि सिपि रिजवानले रोहन मुस्तफासंग ७७ रनको साझेदारी गरे। कप्तान सन्दिप लामिछानेले ३४ औं ओभरमा रिजवानलाई स्टम्प आउट गर्दै साझेदारी तोडे। ३९ औं ओभरमा मुस्तफालाई दिपेन्द्र ऐरीले बोल्ड गरे। लगत्तै बसिल एहमदलाई सागर ढकालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय विकेटको रुपमा क्याच आउट पारे। त्यसपछि युएईको तल्लो क्रम ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्।

नेपालको बलिंगमा सोमपाल कामिले ४ विकेट ( ९-०-३९-४ ), करन केसीले ३ विकेट ( ७.३-१-१६-३ ) लिए। सन्दिप लामिछाने ( १०-१-३०-१ ), दिपेन्द्र ऐरी ( १०-०-४२-१ ) र सागर ढकालले ( ४-०-१३-१ ) समान १ विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy