विश्वकप लिग -२ : लगातार चौध हार पछि पपुवा न्यु गिनीको पहिलो जित

युएईलाई ६ विकेटले पराजित गर्दै पपुवा न्यु गिनीले आईसीसी विश्वकप लिग-२ मा पहिलो जित दर्ता गरेको छ।

लगातार चौध खेलमा हार पछि पन्ध्रौँ खेलमा पपुवा न्यु गिनीले पहिलो जित दर्ता गरेको हो। सिरिजको पहिलो खेलमा पपुवा न्यु गिनी युएईसंग ७ विकेटले तथा नेपालसंग २ विकेटले पराजित भएको थियो।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा युएईले दिएको १४८ रनको लक्ष्य पपुवा न्यु गिनीले ४ विकेट क्षेतीमा ३६.२ ओभरमा भेटायो।

पपुवा न्यु गिनीको जितमा कप्तान असद भालाले सर्वाधिक ६८ रन बनाए जुन क्रममा उनले अविजित रहँदै ९७ बलमा ६ चौका प्रहार गरे। यस्तै चार्ल्स अमिनीले ३६ रन बनाए। भाला र अमिनीले तेश्रो विकेटको लागि ७१ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।

टस जितेर ब्याटिंग गरेको युएईले ५० ओभरमा १४७ रनमा सम्पूर्ण विकेट गुमाएको थियो।

१६ रनमै ५ विकेट गुमाएको युएईको इनिंग्स रोहन मुस्तफाले उकासेका थिए। मुस्तफाले बसिल हमिदसंग छैठौं विकेटको लागि ४२ रनको साझेदारी गरे। त्यसपछि पुनः लगातार विकेट गुमाएको युएई ७७/९ को अवस्थामा पुग्यो। दशौँ विकेटको लागि मुस्तफाले जहुर खानसंग ७० रनको साझेदारी गरे। एकदिवसीय क्रिकेट इतिहासमै दशौँ विकेटको लागि यो आठौँ उच्च साझेदारी हो।

१४४ बलमा ११ चौका र १ छक्का मद्दतले ८८ रन बनाएका मुस्तफा अन्तिम बलमा आउट भए। बसिल हमिदले २० रन बनाए।

पपुवा न्यु गिनीका बलर अले नाओले ४ विकेट, चाड सोपरले ३ विकेट तथा राइली हेकुरेले २ विकेट लिए।

सिरिज अन्तर्गत पाँचौ खेल नेपाल र युएई बीच मार्च २१ तथा छैठौं खेल पपुवा न्यु गिनी र नेपाल बीच मार्च २२ तारिखमा हुनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]