दोश्रो खेलमा नेपाल पहिले ब्याटिंग गर्दै, टिममा एउटा परिवर्तन

२०७८ चैत्र १२, शनिबार ०९:३१

पपुवा न्यु गिनी बिरुद्ध जारि दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोश्रो खेलमा नेपालले टस जितेर ब्याटिंग रोजेको छ। पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो।

खेलमा नेपालले एउटा परिवर्तन गरेको छ। तिब्र गति बलर कमल सिंह ऐरीको स्थानमा अर्का दायाँ हाते तिब्र गति बलर गुल्सन झाले मौका पाएका छन्। घरेलु भूमिमा पहिलो पटक गुल्सन नेपालको लागि  खेल्न लागेका हुन्।

नेपालको अन्तिम एघार : सन्दिप लामिछाने ( कप्तान ) , दिपेन्द्र ऐरी, देव खनाल, कुशल भुर्तेल, गुल्सन झा, सोमपाल कामि, रोहित पौडेल, पवन सर्राफ, आरिफ शेख, भिम शार्की, अनिल कुमार शाह ( विकेटकिपर )

सागर ढकाल, बिक्रम सोब, सुशन भारि र कमल सिंह ऐरी आज बाहिर छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy