सप्तरी प्रिमियर लिग : सन्तोषले आक्रमक ब्याटिंग गर्दा राजविराज द किंग विजयी, टिभीएस किंग्सको दोश्रो जित

२०७८ चैत्र १२, शनिबार १६:५८

सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो दिन सम्पन्न खेलहरुमा टिभीएस किंग्स राजविराज र राजविराज द किंगले जित दर्ता गरेका छन्।

दिनको पहिलो खेलमा टिभीएस किंग्स राजविराजले लगातार दोश्रो जित दर्ता गर्ने क्रममा राजविराज ब्रदर्शलाई ५३ रनले पराजित गर्यो। स्कोरकार्ड , अंकतालिका

टिभीएस किंग्स राजविराजले दिएको १७५ रनको लक्ष्य पछ्याएको राजविराज ब्रदर्शले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा १२१ रन मात्र बनाउन सक्यो। ब्रदर्शका चन्द्र प्रकाश मेहताले ३९ तथा निरज कुमार यादवले २९ रन योगदान दिए। टिभीएस किंग्सका बलर बिशाल सुश्लिंग र दिपेश सरदारले २/२ विकेट तथा शेइख इमरान, महबुब आलम र पप्पु यादवले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको टिभीएस किंग्सले २० ओभरमा ८ विकेट क्षेतीमा १७४ रन बनायो। उसको लागि ओपनर रोहन बिकले सर्व्धिक ४२ रन, बिशाल सुश्लिंगले ३५ रन तथा महबुब आलमले ३३ रन योगदान दिए। राजविराज ब्रदर्शका पार्थिव यादवले ३, सोनु तामांगले २ तथा अनुज चुनारा र अजय यादवले १/१ विकेट लिए। खेलको प्लेयर अफ द म्याच बिशाल सुश्लिंग घोषित भए।

टस जितेर ब्याटिंग गरेको राजविराज द किंगले २० ओभरमा ८ विकेट क्षेतीमा २२४ रन बनायो।

दिनको दोश्रो खेलमा राजविराज द किंगले पहिलो जित दर्ता गर्ने क्रममा तिलाठी कोइलाडी जायन्ट्सलाई १०९ रनले पराजित गर्यो। द किंगले दिएको २२५ रनको लक्ष्य पछ्याएको जायन्ट्सले १६ ओभरमा ११५ रनमा सम्पूर्ण विकेट गुमायो। स्कोरकार्ड , अंकतालिका तिलाठी कोइलाडीको ब्याटिंगमा रोशन विश्वकर्माले सर्वाधिक २० रन बनाए। राजविराज द किंगको बलिंगमा रोहित कुमार सिंह, नन्दन यादव, रुपेश कुमार सिंह र फिर्दोश अन्सारीले समान २ विकेट लिए।

यु-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका द किंगका ओपनर सन्तोष कार्कीले आक्रामक ब्याटिंग गर्दै ८८ रन बनाए जुन क्रममा ४१ बलमा ४ चौका र ९ छक्का प्रहार गरे। यस्तै नन्दन यादवले ३७, फिर्दोश अन्सारीले ३४ तथा शंकर रानाले २९ रन बनाए। तेश्रो विकेटको लागि सन्तोषले फिर्दोशसंग १०८ रनको साझेदारी गरे। तिलाठी कोइलाडीका बलर जितेन्द्र यादवले ३, विकास दासले २ तथा अविशेक कार्की र योगेन्द्र सिंह कार्कीले १/१ विकेट लिए। खेलको प्लेयर अफ द म्याच सन्तोष कार्की घोषित भए।

प्रतियोगिता अन्तर्गत चौंथो दिन पनि दुई खेल हुनेछन्। दिनको पहिलो खेलमा बिहान ९ बजे बजाज खडक वारियर्स र टिभीएस किंग्स राजविराज तथा दोश्रो खेलमा राजविराज ब्रदर्श र राजविराज द किंग्स प्रतिस्पर्धा गर्नेछन्।

पाँच टिम सहभागी प्रतियोगिताको लिग चरणमा सबै टिमले एकअर्का बिरुद्ध १/१ खेल खेलेपछि उत्कृस्ट हुने दुई टिम फाइनल प्रवेश गर्नेछन्। टिभीएस किंग्स राजविराज, राजविराज द किंग, बजाज खडक वारियर्स, तिलाठी कोइलाडी जायन्टस र राजविराज ब्रदर्श प्रतियोगितामा सहभागी छन्।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy