सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्स र राजविराज द किंग विजयी

सप्तरीमा जारी चौंथो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न दुई खेलमा बजाज खडक वारियर्स र राजविराज द किंग विजयी भएका छन्।

दिनको पहिलो खेलमा पहिलो खेलमा बजाज खडक वारियर्सले टिभीएस किंग्स राजविराजलाई १४ रनले पराजित गर्यो। वारियर्सले दिएको १५४ रनको लक्ष्य पछ्याएको किंग्सले २० ओभर ब्याटिंग गर्दै ७ विकेट क्षेतीमा १३९ रन मात्र बनायो।

टिभीएस किंग्स राजविराजको ब्याटिंगमा ओपनर शेख इमरानले ४७, महबुब आलमले ३७, सुरज कुर्मीले २३ रन बनाएता पनि जित्न प्रयाप्त रहेन। प्लेयर अफ द म्याच समेत चुनिएका बजाज खडक वारियर्सका बलर सर्वन यादवले ३ तथा गोमानंद अमात्य र अरनिको यादवले २/२ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले १९.४ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनायो। खडक वारियर्सको लागि मुकुन्द यादवले सर्वाधिक ३३ रन, सर्वन यादवले २४ रन, अविनाश कर्णले २२ रन तथा राहुल मण्डल र रोबिन सिंहले समान १९ रन योगदान दिए। टिभीएस किंग्स राजविराजका बलर पप्पु यादवले सर्वाधिक ३ विकेट, बिशाल सुश्लिंगले २ विकेट तथा भुलावन सहानी, पप्पु यादव र महबुब आलमले १/१ विकेट लिए।

दिनको दोश्रो खेलमा राजविराज द किंगले राजविराज ब्रदर्शलाई ३० रनले पराजित गर्यो। द किंगले दिएको १५२ रनको लक्ष्य पछ्याएको ब्रदर्शले १८.२ ओभरमा १२१ रन मात्र बनायो। ब्रदर्शको ब्याटिंगमा निरज कुमार यादवले सर्वाधिक २७, प्रशन्त सिंहले २४ , विकास दास र अमित यादवले १६/१६ तथा अनुज चुनाराले १५ रन बनाए। द किंगका बलर रुपेश कुमार सिंहले सर्वाधिक ३ विकेट, फिर्दोश अन्सारीले २ विकेट तथा रोहित कुमार सिंह र अनिल यादवले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको राजविराज द किंगले २० ओभरमा ८ विकेट क्षेतीमा १५१ रन बनायो। उसको लागि फिर्दोश अन्सारीले सर्वाधिक ४०, रुपेश कुमार सिंहले ३०, सन्तोष कार्कीले २९ तथा चित्र बहादुर बिस्टले १५ रन योगदान दिए। राजविराज ब्रदर्शका बलर अनुज चुनारा, दिपेश कंडेल र अजय यादवले २/२ विकेट तथा पार्थिव यादवले १ विकेट लिए। खेलको प्लेयर अफ द म्याच फिर्दोश अन्सारी घोषित भए।

जितपछि राजविराज द किंग ३ खेलमा २ जित र १ हार बेहोर्दै ४ अंकको साथ अंकतालिकाको शिर्षमा छ। समान नतिजा पछि नेट रन रेटमा पछि पर्दै टिभीएस किंग राजविराज र बजाज खडक वारियर्स दोश्रो र तेश्रो स्थानमा छ। तिन वटै खेलमा हार पछि राजविराज ब्रदर्शको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ।

प्रतियोगिता अन्तर्गत सोमबार  पनि दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९ बजे टिभीएस किंग्स राजविराज र तिलाठी कोइलाडी जायन्ट्स तथा दिउँसो १ बजे बजाज खडक वारियर्स र राजविराज द किंग्स प्रतिस्पर्धा गर्नेछन्।

पाँच टिम सहभागी प्रतियोगिताको लिग चरणमा सबै टिमले एकअर्का बिरुद्ध १/१ खेल खेलेपछि उत्कृस्ट हुने दुई टिम फाइनल प्रवेश गर्नेछन्। टिभीएस किंग्स राजविराज, राजविराज द किंग, बजाज खडक वारियर्स, तिलाठी कोइलाडी जायन्टस र राजविराज ब्रदर्श प्रतियोगितामा सहभागी छन्।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]