पीएनजी बिरुद्ध नेपाल टस हारेर ब्याटिंग गर्दै, रोहित अन्तिम एघारमा

२०७८ चैत्र १४, सोमबार १२:२२

नेपाल, पपुवा न्यु गिनी र मलेसिया बीचको त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल र पपुवा न्यु गिनी प्रतिस्पर्धा गर्दैछन्।

टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा पपुवा न्यु गिनीले टस जितेर नेपाललाई ब्याटिंगको निम्तो दिएको छ।

नेपालले अन्तिम एघारमा रोहित पौडेललाई मौका दिएको छ। यस अघि रोहितलाई टि-२० टिममा समाबेश गरिएको थिएन तर एकदिवसीय सिरिजमा पपुवा न्यु गिनी बिरुद्ध शतक प्रहार गरे पछि आज उनलाई टिममा समाबेश गरिएको थियो।

नेपालको अन्तिम एघार : सन्दिप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामि, दिपेन्द्र ऐरी, आसिफ शेख, करन केसी, अविनाश बोहरा, लोकेश बम, कुशल मल्ल र रोहित पौडेल

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy