राजविराजलाई मेयर कपको उपाधि, विवेक यादवको अलराउण्ड योगदान

विराटनगर / मधेश प्रदेशको राजविराज सप्तरीले प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा उपाधि जितेको छ । उपाधि जितेको राजविराजले नगद १ लाख १ हजार तथा ट्रफि हात पारेको छ ।

विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा आज भएको फाइनल खेलमा मदेश प्रदेशकै जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै उपाधि जितेको हो । उप विजेता जनकपुरले ५१ हजार र ट्रफि मा चित्त बुझायो ।

टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९७ रनको सामान्य स्कोर खडा गरेको थियो । राजविराजकालागि नेपालको अन्तर्राष्ट्रिय ब्याटर विवेक यादवले २१ बनाउँदा पूर्व अन्तर्राष्ट्रिय ब्याटर महबुब आलमले १४ रन,अभिषेक कार्कीले १३ रन र अमित यादवले ११ रन बनाए । जनकपुरका सुमन राँयले ४ ओभरमा ९ रन दिएर ३ विकेट लिँदा सुजित मण्डल र रुपेश यादवले २–२ विकेट तथा विशाल सुस्लिङले १ विकेट लिए ।

९८ रनको सामान्य रनको लक्ष पाएको जनकपुरले पुरै २० ओभर खेल्दै ८७ रनमा सिमित भयो । जनकपुरकालागि विशाल सुस्लिङले ३३ रन जोड्दा विक्रान्त यादवले अविजित १९ रन तथा अकवर अली र रन्जित यादवले ११–११ रनको योगदान दिए । राजविराजका विकाश दासले ३ विकेट लिँदा नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक यादवले २ विकेट र विश्वकिर्तीमानधारी बलर महबुव आलम १ विकेट लिए ।

फाइनल खेलको म्यान अफ द फाइनल राजविराजका अलराण्डर खेलाडी विवेक यादव घोषित भए । त्यस्तै म्यान अफ द सिरिज जनकपुरका हरिशंकर साह घोषित भए । उनले नगद ११ हजार पुरस्कार पाए । उत्कृष्ट ब्याटर राजविराजका विकाश दास र उत्कृष्ट बलर राजविराकै अनिल यादव घाषित भए । उनीहरु दुवै जनाले नगद ५–५ हजार पुरस्कार हात पारे ।

विजयी तथा अन्य खेलाडीलाई विरानगरमहानगर पालिकाका प्रमुख भीम पराजुली, राखेपका पूर्व सदस्य सचिव सुधिर अर्याल, होराइजन क्रिकेट क्लवका अध्यक्ष सुनिल पौडेल, नेपालका पूर्व अन्तर्राष्टिय खेलाडी पारस लुनिया, पूर्वाञ्चलका पूवै प्रशिक्षक राजकुमार दास र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष नविन घिमिरेलगायतले पुरस्कार तथा ट्रिफि वितरण गरे ।

प्रतियोगितामा प्रदेश १ को आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मदेश प्रदेशको विरगञ्ज महानगरपालिका, जनकपुरधाम उपनगरपालिका र राजविराज नगरपालिका सहभागि भएका थिए ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]