यू–१९ माहिला विश्वकप छनोट : ४४ खेलाडी बन्द प्रशिक्षणमा

२०७९ बैशाख ९, शुक्रबार ०६:५७

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला यू–१९ विश्वकप छनोटको लागि ४४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । क्यानले बिहीबार पहिलो चरणको बन्द प्रशिक्षण क्याम्पमा ४४ खेलाडी बोलाएको हो ।

प्रधानमन्त्री कप राष्ट्रिय यू–१९ महिला क्रिकेटमा सहभागिता जनाएका उत्कृष्ट खेलाडीलाई बन्द प्रशिक्षण क्याम्पमा बोलाएको क्यानले जनाएको छ । बन्द प्रशिक्षण वैशाख १० गतेबाट सुरु हुनेछ ।

यू-१९ विश्वकप एसिया छनोट प्रतियोगिता जुनमा हुनेछ जुन प्रतियोगितामा नेपाल सहित मलेसिया, भुटान, म्यानमार, थाइल्याण्ड, नेपाल, मलेसिया, कतार र युएई सहभागी हुनेछन्। यू–१९ महिला विश्वकप सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुनेछ । यस विश्वकपमा १६ देशको सहभागिता रहनेछ ।

क्यानले बन्दप्रशिक्षणका लागि बेलाएको खेलाडीहरुमा हेलिषा गुरुङ, किरण कुमारी कुवर, त्रिशाना विश्वकर्मा, अनु कडायत, सावित्री धामी, आस्मा पुलामीमगर, जिज्ञासा थापा, रन्जु श्रेष्ठ, सना प्रविन, यशोदा बिष्ट, एलिशा यादव, बिमला मलाहा, अलिसा कुमारी कडायत, हिरामाया रोय, स्नेहा महरा र मनिषा उपाध्याय छन् ।

यसैगरी बिना थापा, अन्जिला थापा, मनिष चौधरी, बिपिषा शाही, जोत्सिका मरासिनी, कुसुम गोदार, यसु पाण्डे, जोति दनवार, मधु राउत, श्रीमी सिंह थारु, भावना कामति, सोनी पाख्रिन, प्रिया मलह, सोनिया थापा, मनिष रानामगर, दिक्षा पुरी, नितु घर्तीमगर, सुष्मिता भुषाल, सलिना सिलवाल, प्रतिमा शाह, स्वस्तिका बजगाईं, शृष्ठी जैशी, अन्जली शाह, कृतिका मराशिनी, निशा शाह, अंग पेम्बा, लिम्बु शेर्पा, टिका शाह र प्रज्ञा कटवाल पनि बन्द प्रशिक्षणमा पर्न सफल भएका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy