नेपाल टस हारेर ब्याटिंग गर्दै, बसिरले पाएको मौका

२०७९ बैशाख १८, आईतवार १२:४३

टेस्ट राष्ट्र जिम्बाब्वे ‘ए’  को नेपाल भ्रमण अन्तर्गत तिन खेलको टि-२० सिरिज अन्तर्गत पहिलो खेल आज हुँदैछ।

टियु अन्तर्राष्ट्रिय मैदानमा टस जितेर जिम्बाब्वे ‘ए’ ले नेपाललाई ब्याटिंगको निम्तो दिएको छ।

खेलमा नेपालले देब्रे हाते स्पिन अलराउण्डर बसिर एहमदलाई नेपालको लागि डेब्युको मौका दिएको छ। एहमदले यु-१९ राष्ट्रिय टिमको लागि खेलीसकेका छन्। यो खेल अन्तर्राष्ट्रिय मान्यता प्राप्त नहुनाले बसिरको अन्तर्राष्ट्रिय डेब्यु भने हैन।

शाहब आलम, बिबेक यादव, लोकेश बम र भिम शार्कीलाई अन्तिम एघारमा समाबेश गरिएको छैन।

नेपालको अन्तिम एघार : सन्दिप लामिछाने, आसिफ शेख, रोहित पौडेल, दिपेन्द्र ऐरी, आरिफ शेख, आदील आलम, करन केसी, सोमपाल कामि, कुशल भुर्तेल, अविनाश बोहरा, बसिर एहमद

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy