लिग-२ मा सक्दो धेरै खेल जित्छौं – सन्दिप

काठमाडौं, जेठ ८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आईसीसी विश्वकप लिग–२ मा नेपालले सकभर धेरै खेल जित्ने  बताएका छन् । लिग–२ अन्तर्गत अमेरिकामा हुन लागेको नेपाल, ओमान र अमेरिकासम्मिलित त्रिदेशीय सिरिज अघि आइतबार आयोजित पत्रकार सम्मेलनमा सन्दीपले सिरिजका हरेक खेलमा जित निकाल्ने प्रयास गर्ने बताए।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार नेपालले सिरिजको पहिलो खेल जुन ९ तारिख ओमानसँग खेल्नेछ । नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११, तेस्रो खेल ओमानविरुद्ध जुन १४ र अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ तारिख खेल्नेछ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली अमेरिका जानुअघि आइबार नेपाल र अमेरिकाबीच कुटनीतिक सम्बन्ध पूरा भएको ७५औं वर्षगाँठको अवसरमा लिग–२ बारे पत्रकार सम्मेलनगरी जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा सन्दीपले अमेरिकामा हुने सिरिजका लागि टोलीका सबै खेलाडी उत्साहित रहेको पनि बताए। प्रशिक्षक पुवुदु दासानायकेले आफू अमेरिकाको समेत प्रशिक्षक रहिसकेकाले नेपालका लागि यस भ्रमण राम्रो अवसर हुने बताए । दसानायकेले नेपाली टोली प्रतियोगिता अघिनै अमेरिका जाने र त्यहाँ नेपाली समुदायसँग केही अभ्यास खेल खेल्ने पनि जानकारी गराए।

सिरिज खेल्ने नेपाली टिम मे २९ तारिखमा अमेरिकाको टेक्सास पुग्नेछ। त्यहाँ एक दिन आराम पछि नेपाली टिमले मे ३१ तारिखमा अभ्यास गर्नेछ। पुनः एक दिन आराम पछि नेपालले अमेरिकाको नेपाली क्लब नेपाली अल स्टार्ससंग जुन २ तारिखमा एकदिवसीय अभ्यास खेल खेल्नेछ। जुन ३ तारिखमा टिमले अभ्यास गर्नेछ भने जुन ४ तारिखमा नेपालले हस्टन हरिकेन्ससंग दोश्रो एकदिवसीय अभ्यास खेल खेल्नेछ .

क्यानले अमेरिका भ्रमणका लागि एक साताअघि नै सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय खेलाडी टोलीको घोषणा गरिसकेको छ । लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), विनोद भण्डारी (विकेट किपर), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो र सागर ढकाल ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]