कप्तान सन्दिप सहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन 

नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनि ‘ज्याप क्रिकेट’ ले प्रायोजन गरेको छ।

राष्ट्रिय टिमका कप्तान सन्दिप लामिछाने सहित विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारी लगायत युवा क्रिकेटरहरु सुनिल धमला, भिम शार्की, देव खनाल र आदील अन्सारीलाई ज्यापले एक वर्षको लागि खेल सामग्री प्रायोजन गरेको हो। यस अघिनै ज्यापले महिला राष्ट्रिय क्रिकेटर सबनम राईलाई पनि प्रायोजन गरेको थियो। सम्झौता पछि खेलाडीहरुले खेल्ने सबैखाले  प्रतियोगितामा ज्यापको ब्याट लगायत अन्य सामग्री प्रयोग गर्नेछन्।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रम माझ ज्यापका संस्थापक सीईओ भब्य भारध्वज र क्रिकेटरहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता वापत एकवर्षको लागि ज्यापले अनुबन्धित क्रिकेटरहरुलाई सम्पूर्ण क्रिकेट सामग्री प्रदान गर्नेछ। खेलाडीसंगको अन्य सम्झौता भने कम्पनिले खुलाएको छैन।

सम्झौता कार्यक्रममा ज्याप क्रिकेटका सीईओ भारध्वजले आगामी दिनमा अन्य क्रिकेटरहरुलाई समेत प्रायोजन गर्ने बचनबद्धता व्यक्त गरे। उनले बताए – “नेपाली क्रिकेट संग यात्रा सुरुवात गर्न पाउँदा उत्साहित छु। नेपाली क्रिकेटले पछिल्लो समय गरेको प्रगति उत्साहजनक छ। यो गतिले नेपाली टिम छिट्टै थप उचाइमा पुग्नेछ। त्यसैले क्रिकेटरहरुलाई विश्वस्तरीय क्रिकेट सामग्री प्रदान गर्दै खेलस्तर विकासमा सहयोग गर्न चाहन्छौं।”

कप्तान सन्दिप लामिछानेले ज्याप क्रिकेटको सामग्रीहरु स्तरीय रहेको बताउदै युवा क्रिकेटरहरुलाई पनि प्रायोजन गरेकोमा धन्यवाद व्यक्त गरे – “ज्यापले स्तरीय क्रिकेट सामग्री उत्पादन गर्दै आएको छ। ज्यापको ब्याट पहिलो पटक प्रयोग गर्दानै यसको स्तर र सन्तुलनले मलाई प्रभावित बनायो। त्यसैले म सबैलाई ज्यापको सामग्री प्रयोग गर्न सुझाव दिन्छु।” यस्तै विकेटकिपर ब्याट्सम्यान भण्डारीले ज्यापको क्रिकेट अभ्यास गर्नेक्रममा प्रयोग गरेको र निकै स्तरीय लागेको प्रतिक्रिया दिए।

कार्यक्रममा ज्याप नेपालका प्रतिनिधि तथा पूर्व राष्ट्रिय क्रिकेटर लाक्पा लामाले ज्यापको सामग्री स्तरीय रहेको उल्लेख गर्दै क्रिकेटरलाई सामाग्री सुलभ र सहज उपलब्ध गराउने हिसाबले यो प्रायोजन गरेको बताए ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]