महिला यु-१९ विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात

नेपालले आइसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट एसिया छनोट खेलमा विजयी सुरुवात गरेको छ । मलेसियामा शुक्रबार बिहान भएको खेलमा नेपालले कतारलाई ७९ रनले हरायो । मलेसियाको यूकेएम ओभल मैदानमा नेपालले दिएको एक १८ रनको विजयी लक्ष्य पछ्याएको कतार १५.४ ओभरमा सवै विकेटको क्षतिमा ३८ रनमा समेटिएको थियो ।

कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले समान १४/१४ रन बनाईन् । कतारलाई सस्तैमा समेट्न नेपालकी सृष्टि जैशीले तीन विकेट लिए । अनु कठायत, कृतिका मरासिनी र स्नेहा महराले दुई/दुई विकेट लिए ।

यससअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो । नेपालका लागि आश्मा पुलामीमगरले अविजित रहँदै ३२ रन बनाईन्। सृष्टि जैशीले अविजित २३, सानु राजवंशीले २१ रअन्जली विश्वकर्माले ११ बनाए । बलिङमा कतारकी साची ढड्वाल र अलिना खानले एक एक विकेट लिएका थिए । छनोट खेलमा नेपाल, यूएई, मलेसिया, कतार, भुटान र थाईल्यान्ड सहभागि छन् ।

छनोट खेलमा शीर्षस्थानमा रहने टोली सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने टी–२० विश्वकपमा छनोट हुनेछ । आईसीसीले पहिलो पटक यू–१९ महिला विश्वकप आयोजना गर्न लागेको हो । विश्वकपमा १६ टोलीको सहभागिता रहनेछ । नेपालले अब २१ गते यूएई, २३ गते भुटान, २४ गते थाईल्यान्ड र २५ गते मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]