यु-१९ महिला टिमको इतिहासकै कमजोर प्रदर्शन

मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल संयुक्त अरब इमिरेटस (युएइ)सँग पराजित भएको छ ।

मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको ९ रनको लक्ष्य युएईले १ ओभर १ बलमा विना विकेटको क्षतिमा पूरा गर्यो । युएईको जितमा थिर्था सतिशले अविजित ४ रन जोडिन् भने लाभन्या केनी ३ रनमा अविजित रहिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ८ रन जोडेको हो । इतिहासकै खराब प्रदर्शन गरेको नेपालका लागि स्नेहा महराले ३ तथा मनिष रानाले अविजित २ रन जोडिन् । किरण कुमारी कुँवर, अनु कडायत र आश्मा पुलामी मगरले १/१ रन जोडिन् ।

युएईका महिका गौरले ५ विकेट लिइन् भने इन्धुजा नन्दकुमारले ३ विकेट हात पारिन् । छनोटमा नेपालको यो पहिलो हार हो । हिजो भएको खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको थियो । यता युएईको भने यो लगातार दोस्रो जित हो । पहिलो खेलमा युएईले भुटानलाई १६० रनले हराएको थियो ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । नेपालले तेस्रो खेल सोमबार भुटानसँग खेल्नेछ । रासस

 





थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन–७ सम्पन्न, माछापुच्छ्रे बैंक च्याम्पियन, आइसिएफसी उपविजेता

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंकले मंगलबार नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार […]

विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका तथा वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी२० विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको […]

सुर्यकुमारको शतकमा मुम्बईको सहज जित

काठमाडौं । सूर्यकुमार यादवको शतकको सहयोगमा मुम्बई इण्डियन्सले १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि […]

कर्पोरेट सुपर सिक्सेस सिजन–७ को क्वार्टरफाइनल समीकरण तय

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका […]

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]