खकुरेल रास्ट्रिय टिममा फिर्ता, आजै अमेरिका जाने

Subash Khakurel

अमेरिका भ्रमणमा रहेका दुई ओपनर आसिफ सेख र कुशल भुर्तेल घाइते हुँदा विकेटकिपर ओपनिंग ब्याट्सम्यान सुबास खकुरेल प्रतिस्थापनको रुपमा नेपाली टिममा फिर्ता बोलाइएका छन्।

नेपालले विश्वकप लिग-२ अन्तर्गत आयोजक अमेरिका र ओमानसंग त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ। सिरिजको सुरुवात नेपालले ओमनासंग जुन ९ तारिखमा प्रतिस्पर्धा गर्दै गर्नेछ।

“दुवै ओपनर आसिफ शेख र कुशल भुर्तेल खुट्टाको चोटको कारण जुन ९ तारिखमा हुने खेल अघि फिट हुनेमा संशय छ। त्यसैले टिम व्यवस्थापनले विकेटकिपर ब्याट्सम्यान सुबास खकुरेललाई बिकल्पको रुपमा बोलाएको छ।” क्यानले जारि गरेको बिज्ञप्तिमा बताईएको छ।

राष्ट्रिय टिममा स्थान बनाउन नसकेता पनि खकुरेल पछिल्लो समय लगातार फिटनेसमा काम गरिरहेका थिए भने राष्ट्रिय टिमसंग अभ्यासमा थिए। केन्द्रिय अनुबन्धमा नरहेता पनि खकुरेललाई प्रशिक्षक पुबुदु दासानायेकेले अमेरिका भ्रमणमा जानु अघि अन्तर-टिम अभ्यास खेलमा सहभागी गराएका थिए। उक्त अन्तर-टिम खेलहरुमा खकुरेलले ब्याटिंग र विकेटकिपिंगमा राम्रो प्रदर्शन गरेका थिए।

नेपालले अमेरिका भ्रमणमा खेलेको पहिलो अभ्यास खेलको दौरान ब्याटिंग गर्दै गर्दा आसिफ शेख खुट्टमा समस्या भएपछि मैदानबाट बाहिर भएका थिए। पहिलो र दोश्रो खेल खेलेका भुर्तेल पनि घाइते भएपछि नेपाली टिमले खकुरेललाई सम्झेको हो। टिममा विकेटकिपरको रुपमा बिनोद भण्डारी र आसिफ शेख रहेका थिए। आसिफ घाइते हुँदा खकुरेल विकेटकिपिंग बिकल्पको रुपमा पनि टिममा रहनेछन्।

खकुरेल आइतबार रातिनै अमेरिका प्रस्थान गर्ने क्यानले बताएको छ।


सुबासले अन्तिम पटक नेपालको लागि २०२० मा अमेरिकासंग घरेलु सिरिजमा खेलेका थिए। सो सिरिजमा खकुरेललाई शरद भेसावकर घाइते हुँदा बीचमा बोलाइएको थियो। त्यसपछि पुनः खकुरेललाई टिमले बेवास्ता गरेको थियो। पुबुदु दासानायेके आएपछि उनले राष्ट्रिय टिममा मौका नपाएका सुनिल धमला, सुबास खकुरेल जस्ता खेलाडीलाई प्रदर्शन मुल्यांकन गर्न बोलाएका थिए। त्यसैको प्रतिफल सुनिल धमलाले राष्ट्रिय टिममा ५ वर्षपछि पुनरागमन गरेका थिए।

नेपालको लागि ५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका खकुरेलले एउटा अर्धशतक मद्दतले ९४ रन बनाएका छन्। २०१८ अगस्टमा नेदरल्याण्ड बिरुद्ध ऐतिहासिक पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा डेब्यु गरेता पनि खकुरेल राष्ट्रीय टिममा अनियमित रहँदै आएका छन्। उनि फास्ट बलरलाई राम्रो खेल्न सक्ने ब्याट्सम्यान हुन् र अमेरिकासंग राम्रो रेकर्ड पनि रहेको छ। राष्ट्रिय टिमबाट अवसर नपाएता पनि खकुरेल घरेलु क्रिकेट र एभरेस्ट प्रिमियर जस्ता घरेलु प्रतियोगिता खेल्दै आएका छन्।

लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले जुन ९ र १४ तारिखमा ओमानसंग, जुन ११ र १५ तारिखमा अमेरिकासंग खेल्ने तालिका छ।

नेपाली टिम : सन्दीप लामिछाने (कप्तान), विनोद भण्डारी (विकेटकिपर), सुबास खकुरेल ( विकेटकिपर ) , आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशन भारि, किशोर महतो, सागर ढकाल





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]