मलेसियामाथि नेपालको जित, युएई महिला यु-१९ विश्वकपमा छनोट

आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध सानदार जित निकालेको छ । युकेएम ओभल मैदानमा बिहीबरा बिहान भएको खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले हरायो ।

यद्यपी नेपाल यसअघिनै छनोटबाट बाहिरिसकेको छ । नेपालले दिएको ८७ रनको विजय लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा चार विकेट गुमाएर ६१ रनमा समेटिएको थियो । मलेसियाकी एल्सा हन्टरले सर्वाधिक २८ रन बनाईन् । अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।

बलिङमा नेपालकी कृतिका मरासिनीले दुई तथा मनिषा कुमारी उपाध्यायले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेटको क्षतिमा ८६ रन बनाएको थियो ।

नेपालका लागि अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाईन् । आश्मा पुलामी मगरले २६ रन जोडिन् । सृष्टि जैशी, सानु राजवंशी र अनु कडायतले समान तीन तीन रन बनाईन् । मलेसियाकी नुर सामेदले दुई विकेट लिईन् ।

जितसँगै पाँच खेलबाट ६ अंक बनाएको नेपालले समूहमा तेस्रो बन्दै खेल सकायो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । दोस्रो खेलमा भने नेपाल यूएईसँग ८ रनमा अलआउट भएको थियो । नेपाल उक्त खेलमा १० विकेटले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा भुटानलाई चार विकेटले हराएको थियो । चौथो खेलमा नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भएको थियो ।

युएई महिला यु-१९ विश्वकपमा छनोट

युनाइटेड अरव इमिरेट्स (यूएई) आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । मलेसिायमा भएको एसिया छनोटको अन्तिम खेलमा बिहीबार थाइल्यान्डलाई ६ विकेटले हराउँदै यूएईले विश्वकपमा स्थान बनाएको हो ।नेपाल भने छनोट खेलमा तेस्रो बन्दै बाहिरिएको छ ।

पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा आठ विकेटको क्षतिमा ८४ रन बनाएको थियो । छनोट खेलमा अपराजित यूएईले पाँच खेलबाट १० अंक बनायो । आठ अंक बनाएको थाइल्यान्ड दोस्रो भयो । छनोटमा नेपालसहित, आयोजक मलेसिया, यूएई, थाइल्यान्ड, भुटान र कतारले भाग लिएका थिए ।

समूहको शीर्ष टोली यूएईले आगमी बर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ महिला विश्वकपमा स्थान बनाएको हो । आईसीसीले पहिलो पटक यू–१९ महिला विश्वकप आयोजना गर्न लागेको हो । विश्वकपमा १६ टोलीको सहभागिता रहनेछ ।





थप समाचार

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]